समीक्षा हत्या आरोपमा बुवासहित एकै परिवारका तीनजनालाई थुनामा राख्न अदालतको आदेश



रुपन्देही – छोरीको हत्या गरेको आरोपमा बुवासहित एकै परिवारका तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका ५ की १६ वर्षीया समीक्षा ठकुरीको हत्याको आरोपमा बुवा तेजबहादुर ठकुरी, हजुरआमा हरिमाया ठकुरी र फुपू शोभा राना ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्न रुपन्देही जिल्ला अदालतका न्यायाधीश  शारदाप्रसाद कोइरालाको इजलासले आदेश दिएको हो ।

असार ९ गते घरमै सुतिरहेकी समीक्षाको शरीरमा आगलागी भएपछि उपचारको क्रममा असार २० गते काठमाडौंमा मृत्यु भएको थियो ।

छोरीको मृत्यु हुँदा इराकमा रहेकी समीक्षाकी आमा माया ठकुरी नेपाल फर्किएर किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका थिए । अभियुक्त मध्ये समीक्षाकी अर्की फुपू मधु ठकुरी फरार छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्