शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंगायो , मन्त्रालयमा भागबन्डा बाँकी



 

३० असार, काठमाडौ 

????????????????????????????????????

सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ ।

कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन ।

पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन । नेता हरिबोल गजुरेलले भने ( मन्त्रालय टुंगिने वित्तिकै जिम्मेवारी तोकिन्छ । उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकालाई प्राथमिकता दिएर देउवा मन्त्रिमण्डमा पठाउने निर्णय लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्