श्रीमती पोइला गएपछि एक युबकले त्रिशुली नदीमा हामफाले



  • प्रकाश सिग्देल,

चितवन । देवघाटको झोलुङगे पुलबाट त्रिशुली नदीमा हामफालेका एक युवालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

नवलपरासी घर बताउने चितवन भरतपुर बस्दै आएका २४ बर्षीय धिरज राउत पुलबाट हाम फालेका हुन् । श्रीमती पोईला गएपछि एक महिना देखि मानसिक रुपमा निकै तनावमा परेको र बाच्न मन नलागेपछि आत्महत्या गर्ने उदेश्यबाट पुलबाट हामफालेको आफुहरुलाई बताएको बिपद ब्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी सहायक निरीक्षक प्रहलाद सिलवालले बताउनु भयो ।

देवघाट क्षेत्रबिकास समितिले यहाँको जल तथा थल सुरक्षाका लागि पत्रनै काटेर बिपद ब्यवस्थापन गण कुरिन्टार र सीमा सुरक्षा बल आपटाडीलाई सुरक्षा टोलि खटाउन आग्रह गरेको थियो । सोही बमोजिम यहाँको जल तथा थल सुरक्षाका लागि २० जनाको हाराहारीमा सशस्त्र प्रहरी खटिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्