काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो बस्दैछ। ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा अहिले विकास भएको घटना क्रमसँगै पार्टीको आन्तरिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा लामो समयदेखि अल्झिएको विभाग गठनका बारेमा पनि छलफल हुने स्रोतले बताएको छ। यस्तै, भदौमा बस्ने भनिएको महासमिति बैठक पनि लगभग सर्ने निश्चित भएको छ। यसबारे पनि छलफल हुने बताइएको छ। पार्टीको विधान संशोधनका लगि बस्ने भनिएको महासमिति बैठक अहिलेसम्म विधान परिमार्जन समिति बन्दा बैठक सर्ने निश्चित जस्तै छ। पछिल्लो समय सरकारका गतिविधिको विरोध गर्ने नाममा पार्टीको आन्तरिक संगठन भद्रगोल बनेको देउवाइतर नेताहरूले बताउँदै आएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।