मृगौला पिडित रोकालाई सहयोग रकम उठ्न सुरु



घोराही २२ साउन।
परिवारको आर्थिक अवस्था कमजोड, दैनिक ओषधी उपचारका लागि हजारौं खर्च गर्नु बाध्यता । अनि विरामी जीवन मरणको दोसाँधमा ।
अहिले केशरमानको जीवन यसै गरी वितिरहेको छ, अस्पतालको शैयामा । लामो समयदेखी मृगौलाको रोगका कारण उनी काठमाण्डौं स्थित शिक्षण अस्पतालमा छटपटाई रहेका छन् । र पखाईमा छन् जीवन रक्षाका लागि सहयोगी हातहरुको ।

भनिन्छ सेवा नै धर्म हो । उनको यो अवस्थाको वारेमा विभिन्न संचारमाध्यम सहित सैघाली खबरमा समाचार प्रकाशित भएपछि केही रकम संकलन हुन शुरु भएको छ । सहयोगी अभियान्ता जगत जि एम। दिएको जानकारी अनुसार अहिले सम्म १ लाख २३ हजार विभिन्न दाताहरुवाट संकलन भएको छ । र चाडै रकम परीवारलाई हस्तान्तरण गर्नै उहाले बताउनु ।भयो तर यो रकम प्रयाप्त छैन केशरमानको उपचारको लागि ।

चिकित्सकहरु अनुसार उहाँको दुईवटै मृगौला फेर्न पर्छ र त्यसको लागि ठूलो रकम खर्च हुने उहाँकी श्रीमती विमला रोकाले वताउनु भयो । उहाँका अनुसार औषधी र डायलासिस गर्दा दैनिक ३ हजार खर्च हुने गरेको छ ।

उहाको उपचारार्थ केही सहयोगी हात जुटेका छन । इमान घर्ती मगर करण २५ हजार, प्रबिन भण्डारी ५ हजार १ सय, शोक बहादुर रोका ५ हजार १ सय, बसन्त रिजाल ५ हजार ,कैलाश खड्का ३ हजार ५ सय ११ ,मान बहादुर पुन ३ हजार ५ सय,जनक बुढा मगर ३ हजार ३ सय ३३, लालमण्ीि भण्डारी ३ हजार १ सय,प्रदिप सुबेदी ३ हजार १ सय ,बसन्तराज अधिकारी ३ हजार १ सय,खेमराज धिमीरे ३ हजार १ सय, सुर्य जि एम ३ हजार १ सय, सन्तोष डागी ३ हजार १ सय ,बिपीन अर्याल ३ हजार १ सय,बिबेक बस्नेत ३ हजार,मोहन गीरी ३ हजार, नबिन बुढा मगर २ हजार ५ सय ,नाम नबताउने शर्तमा २५ सय,माधब धिताल ३ हजार, धर्म ज्ञवाली ३ हजार ,यज्ञराज खत्री ३ हजार, बम बहादुर खड्का ३ हजार,ज्ञान बहादुर रायमाझी २ हजार,जगत जि एम ३ हजार,सुवास गौतम १ हजार,गोर बहादुर खत्री १ हजार,ठगेन्द्र खत्री १ हजार, बिश्वनाथ ज्ञवाली १ हजार,भरत मणि शर्मा ५ सय ,मिनराज पाण्डे ५ सय,बिमल कुवर ५ सय,पहले पुरी १ हजार,नरेन्द्र पुन २ हजार ५ सय २५ ,गणेश जि एम २ हजार १ सय,नारायण जि एम ३ हजार ५ सय ,राम शहादुर खत्री ५ हजार १ सय, भोला खनाल एभर ग्रिन गिफ्ट प्वाईन्टवाट ३ हजार ५ सय र नाम नबताउने शर्तमा १ हजार संकलन भएको सहयोगी अभियन्ता जगत जि एमले जानकारी दिनु भयो ।

३१ बर्षिय रोका हाल उपचारका लागि काठमाडौमा हुनुहुन्छ । उहाको मृगौला प्रत्यारोपणका लागि धेरुै पैशा लाग्ने भएकाले सबैमा सहयोगको याचना गर्नु भएको छ । तपाइहरु पनि पिडीत रोकालाई सहयोग गर्नै चाहनु हुन्छ भने मोवाईल नम्वर ९८६९८७४०२७ मा सम्पर्क गरी सहयोग गर्न सक्नु हुनेछ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्