केसी आज अस्पतालबाट डिस्चार्ज हुने



काठमाडौं – डाक्टर गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुनु हुने भएको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज गर्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

१५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका केसीले सरकारी पक्षसँग सम्झौता भए लगत्तै गएको १० गते अनशन तोड्नुभएको थियो ।

तर सम्झौता गरेको १३ दिन भइसक्दा समेत कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै केसी पक्षले असन्तुष्टि जनाएको छ । केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनलगायत ९ बुँदामा सम्झौता भएको थियो ।

डाक्टर केसीले आफ्नो स्वास्थ्य अवस्था र सम्झौता कार्यान्वयन गर्न सरकारले ढिलाई गरेको बारे दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्