गुणस्तर जोगाउन घोराही सिमेन्टले सोनापुरवाट क्लिङ्कर, कहाँ गए गुणस्तरहीन सिमेन्ट नमुना स्याम्पल



दाङका प्रजिअ काठमान्डौमा

घोराही, साउन २२ । ओपिसि सिमेन्ट गुणस्तरहीन भएको सम्पुर्ण सञ्चारमाध्यममा प्रकाशीत भइसकेपछि वर्दियाका प्रमुख जिल्ला अधिकारीले सो उत्पादन रोक्न सम्वन्धित कारखाना र दाङका प्रमुख जिल्ला अधिकारीलाई समेत पत्राचार गर्दा पनि सो सिमेन्टको उत्पादन रोकिएको छैन् । गुणस्तरहीन ओपिसि सिमेन्टका कारण सयौँ भौतिक संरचनाहरु धरापमा परेका छन् ।

वर्दियाका प्रमुख ्जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दाङका प्रमुख जिल्ला अधिकारीलाई तत्काल उत्पादन रोक्न आग्रह गरेपनि प्रमुख जिल्ला अधिकारीले जिल्लामा संकलन गरीएका नमुना स्टोरमा थन्काएर राखेका छन् । अहिलेसम्म ति नमुना जाँच गर्न नाप तौल विभागवाट कुनै कर्मचारी आएका छैनन् भने यही विचमा घोराही सिमेन्टले आफ्नो उत्पादन गुणस्तरीय बनाउन सोनापुर सिमेन्टवाट क्लिङ्कर ल्याई धमाधम ओपिसि सिमेन्ट उत्पादन गरीरहेको छ । पहीला संकलित स्याम्पललाई गायव गरी नयाँ स्याम्पल नाप तौल तथा गुणस्तर विभागलाई दिने गोप्य तयारी भएको समाचार स्रोतले बताएको छ । संकलित स्याम्पल करीव १५ दिन सम्म पनि नाँप जाँच नगरीनुले यसमा ठुलो आर्थिक चलखेलको समेत सम्भावना देखीएको सर्वसाधारणहरुले बताएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी श्रेष्ठ अहीले काठमान्डौमा छन् । निमित्त प्रजिअ गणेश आचार्यले भने पटक–पटक विभागमा ताकेता गरेपनि नाँप तौल विभागको कुनै पन िप्राविधिक नआएको बताए । थप छलफलका लागि आज घोराही सिमेन्टका कारखानाका अधिकारीलाइ वोलाएका छौ, यात गुणस्तरमा जानुहोस, अन्यथा ओपिसि सिमेन्ट वन्द गर्नुहोस भन्ने विषयमा छलफल गरीरहेका छौ–आचार्यले भने ।

घोराही सिमेन्ट गुणस्तरहिन बारे थप खुलासा

गुहमन्त्रालयले छानबिन गरिरहेकै बेला घोराही सिमेन्टले सोनापुरबाट क्लिङ्कर आयात, आफ्नो क्वालीटिमा समस्या आयपछि घोराही सिमेन्टले छानबिन छल्न यस्तो गरेको खुलासा भएको हो । गृहमन्त्रालयले घोराही सिमेन्टको गुणस्तरहिन सिमेन्टका बारेमा छानबिन गरिरहेकै बेला घोराही सिमेन्ट उद्योगले आफ्नौ लाखौ मेट्रिक टन क्लिङकर मौजाद हुदा हुदै सोनापुर सिमेन्ट उद्योगबाट केहि हजार मेट्रिक टन खरिद गरि ढुवानि गरिरहेको खुलासा भएको हो । गृह मन्त्रालयले छानबिन गरिरहेको थाहा पायर उद्योगले आफ्नो क्लिङ्कर खराब देखियपछि हिजो देखि सोनापुरबाट क्लिङकर आयात गरिरहेको उद्योग सम्वद्ध स्रोतले जनाएको छ । यस अगाडि घोराही सिमेन्ट उद्योगको उत्पादित सिमेन्ट गुणस्तरहीन पाईएपछि गृह मन्त्रालयले उद्योगद्वारा उत्पादित सिमेन्टको छानविन गर्न छानविन समिति बनाएको छ । घोराहीको गोग्लिस्थित घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन भएको ठम्याउँदै बिक्री वितरण रोक्न दिइएको निर्देशनलाई अवज्ञा गरेपछि वर्दिया जिल्ला प्रशासनले उद्योगका जिम्मेवार अधिकारीहरुलाई तुरुन्त पक्राउ गर्न प्रहरीलाई कडा निर्देशन दिएको भोलिपल्टै गृहमन्त्रालयले उद्योगको उत्पादित सिमेन्ट छानविन गर्न छानविन समिती बनाएको हो । गुणस्तरीय नाप तौल विभागको केन्द्रिय टोलिसहीतको छानविन समितिले दिने प्रतिवेदन अनुसार उद्योगलाई कारवाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र प्रशाद श्रेष्ठले जानकारी दिए । उनले छानविनका लागि गृहमन्त्रालयले नै केन्द्रवाट टोलि खटाएको र उसले दिने रिर्पोटका आधारमा उद्योगमाथि कानुनि कारवाही हुने बताए ।

उनले सिमेन्ट किन्दा उपभोक्ताहरुलाई सचेत हुन आग्रहसमेत गरेका छन् । उद्योगको उत्पादित सबै सिमेन्ट परीक्षणका लागि नियन्त्रणमा लिइसकेको भन्दै गृहमन्त्रालयले दिने छानविनको प्रतिवेदन पर्खन प्रजिअ श्रेष्ठले सबैलाई आग्रह गरेका छन् । यद्यपि वर्दिया जिल्ला प्रशासनको पत्रलाई उद्योगले आफ्नो विरुद्धमा हल्ला फीजाएको भनेर प्रतिक्रीया दिएपछि घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहीन ठम्याएको प्रशासनले कडा कदम चाल्दै घोराही सिमेन्ट उद्योगका महाप्रवन्धक, उद्योग सञ्चालकसहीत जिम्मेवार अधिकारीलाई तुरुन्त पक्राउ गर्न प्रहरीलाई निर्देशन भने दिइसकेको छ । वर्दिया प्रशासनले उद्योगका पदाधिकारीलाई प्रहरीले देख्नासाथ गिरफ्तार गर्न निर्देशन दिइसकेको हो । गृहमन्त्रालयले छानविन टोलि बनाएपनि वर्दियामा पनि सिमेन्ट उद्योगमाथि मुद्दा दर्ता भएर अनुसन्धान जारी रहने त्यहाको प्रशासनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय वर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले उद्योगले गम्भिर लापरवाही देखाइरहेको अवस्थामा आफ्नो उत्पादन गुणस्तरहीन भएको गुणस्तर विभागले लिखितरुपमा पत्र पठाउदा पनि जथाभावि प्रतिक्रीया दिएर उद्योगले उपभोक्ता हक अधिकारमाथि खेलवाड गरेकाले अनुसन्धानका लागि पक्राउ गर्न उद्योग सञ्चालकसहीत महाप्रवन्धक र जिम्मेवारी अधिकारीलाई निर्देशन दिइसकेका छन् । बर्दियाका प्रमुख जिल्ला अधिकारि कुरुम्बाङ्गले भने– गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने घोराही सिमेन्ट उद्योगको महा प्रबन्धक, सन्चालकसहित जिम्मेवार ब्यक्तिलाई पक्राउ गर्न वारेन्ट जारी गरेका छौ, पक्राउ गरेर ल्याउन प्रहरिलाई निर्देशन पनि दियको छु ।उनले गलत काम गर्दा गर्दै पनि उद्योगले आफ्नो बचाउ गर्नलाई जथाभाबि नबोल्न र उपभोक्तालाइ भ्रममा नपार्न चेतावानि दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले दाङलाई पत्राचार गरेको दुई दिन बितिसक्दा समेत घोराही सिमेन्ट उद्योगले उत्पादन र बिक्री वितरण गरिरहेको छ।

बर्दिया जिल्लामा बिक्री वितरण गरेको ओपिसी सिमेन्ट गुणस्तरहीन रहेको तथ्य नापतौल विभागबाट पुष्टि भएपछि बुधबार मात्रै बर्दिया प्रशासनले उत्पादन तथा बिक्री वितरण रोक्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरेको थियो।

घोराही सिमेन्ट उद्योगका एकजना कर्मचारीले उद्योगमा आधिकारीक रुपमा त्यस्तो कुनै पत्र प्राप्त नभएको हुँदा उत्पादन र बिक्री विरतण जारी रहेको जानकारी दिए। साथै उद्योगले वर्दिया जिल्ला प्रशासनको पत्रलाई वेवास्ता गर्दै हल्लाको भरमा उत्पादन र विक्री रोकिँदैन भनेर प्रतिक्रीया दिएपछि त्यहाको प्रशासनले कडा कदम चालेको हो ।
विभागले उद्योगको उत्पादन गुणस्तरहीन ठहर्याए पनि उद्योगले भने ‘हल्ला’को संज्ञा दिएको थियो । ‘उद्योगमा हालसम्म आधिकारिक रुपमा त्यस्तो पत्र कतैबाट आएको छैन’ कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘आधिकारिक पत्र नआएसम्म ति कुरा हल्ला नै हुन्।’

उनले बिहीबार मात्रै उद्योगको तर्फबाट आफुहरु बर्दिया पुगेर आएको बताए। ‘हामी त्यहाँ पुग्दा त्यस्तो केही फेला पारेनौँ, उद्योगको बदनाम गर्ने नियतले हल्ला गरिएको हो’ उनले भनेका थिए ।
गत जेठ ३१ गते बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा दाङबाट उत्पादित सगरमाथा ब्राण्डको घोराही सिमेन्ट उद्योगको ओपिसी सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएको थियो।

गुणस्तर सही नभएको परीक्षण प्रतिवेदन प्राप्त भएको भन्दै बर्दिया जिल्ला प्रशासनको तर्फबाट सूचना अधिकारी महेन्द्र जङ्ग शाहीले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गर्दै तत्काल उद्योगको उत्पादन तथा बिक्री वितरण रोक्न निर्देशन दिएका थिए।

घोराहीस्थित सिमेन्ट उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्नको लागि प्रकृया अगाडि बढाईएको बर्दिया प्रशासनले जनाएको छ। सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै बिक्री वितरण बन्द गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले उक्त सिमेन्ट उद्योगमाथि कालोबजारी तथा सामाजिक अपराध मुद्दा दर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालय वर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले घोराही सिमेन्ट उद्योगको उत्पादित गुणस्तरहीन पाईएपछि उद्योगमाथि कालोबजारी तथा सामाजिक अपराध मुद्दा दर्ता गरेर थप कारवाही अघि बढाएको जानकारी दिए । उद्योगले आर्थिकसहीत सबै खाले चलखेल गर्न सक्ने भएकाले आफुले केही दिन अघि नै जिल्ला प्रहरी कार्यालय वर्दियामा मुद्दा दर्ता गरेको उनले बताए ।

‘उद्योगमाथि कानुनि कारवाही आवश्यक छ भन्ने ठहर गरेर हामिले मुद्दा दर्ता गरीसकेका छौ, उपभोक्तामाथि एउटा उद्योगले यसरी खेलवाड गर्न पाउदैन, उक्त सिमेन्ट प्रयोग गरेर प्रत्येक ब्यक्तीले ऋण, धन गरेर घर बनाइरहेका छन्, त्यतिमात्र हैन, हाम्रा सरकारी कार्यालयले पनि त्यो सिमेन्ट प्रयोग गरेका होलान, उद्योगले आफ्नो उत्पादनमा गरेको लापरवाहीले सिंगो उपभोक्तालाई मर्का परेको छ–उनले भने । घोराही सिमेन्टको ओपिसि सिमेन्टमा केमिकल मिसाईएकाले पनि गुणस्तरहीन पाईएको भन्दै प्रजिअ कुरुम्बाङ्गले यस्ता गलत काम गर्नेहरु जो कोही भएपनि कानुन वमोजिम कारवाही गर्ने चेतावानि दिए ।

उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाएको जानकारी दिएका उनले यो मुद्दा ठहर भएमा एक वर्ष कैद र विगो अनुसारको सजाय हुनेपनि बताए ।
केही समय पहीले गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो ।

कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगलाई बिक्री वितरण बन्द गर्न साथै थप कारबाही समेत गर्ने जनाएको छ । उक्त सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई समेत अनुरोध गरेको छ ।

उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त ब्राण्डको सिमेन्टको उद्योग भने दाङको घोराहीमा रहेको छ । घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया नगरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको शंका गरिएको थियो ।

गुणस्तरहीन भएको आशंकामा जिल्ला प्रशासन कार्यालयले बर्दियाले परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा अनुरोध गरेको थियो । विभागले सिमेन्ट गुणस्तरहीन भएको ठहर गरेपछि उद्योगलाई कारबाही गर्न लागिएको हो ।

अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादन कार्य बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्