लोककुमारी स्मृति पत्रकारिता पुरस्कार पौडेल र बोहरालाई



दाङ, २३ साउन । लोककुमारी पत्रकारिता पुरस्कार २०७५ पत्रकार गोकर्ण पौडेल र दिपक बोहरालाई प्रदान गरिने भएको छ । प्रेस सेन्टरमा स्थापित लोककुमारी पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी सदस्य एवं पत्रकार महासंघ दाङका पूर्व सह–सचिव गोकर्ण पौडेललाई प्रदान गर्ने भएको छ । प्रेस सेन्टर र प्रेस चौतारीको पदाधिकारीको संयुतm बैठकले पौडेललाई पुरस्कार दिने निर्णय गरेको हो । यस्तै पत्रकार महासंघ दाङ शाखामा स्थापित लोककुमारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघ दाङ शाखाका सदस्य एवं राप्ती समाचार दैनिकमा कार्यरत पत्रकार दिपक बोहोरालाई प्रदान गर्ने निर्णय गरेको छ ।

शाखा अध्यक्ष सबिन प्रियासन नेतृत्वमा रहेको उपाध्यक्ष लीला शाह र भूपेन्द्र वली सम्मिलित ३ सदस्य छनौट समितिले सिफारिस अनुसार महासंघ उहाँंलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार साउन २४ गते दिवंगत लोककुमारी रिजालको दोस्रो स्मृति दिवसको सन्दर्भमा प्रदान गरिने भएको छ ।

दुबै पुरस्कार नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्मा,महासंघका शुभेच्छुक हरिप्रसाद रिजाल,गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र राधा रिजालले आफ्नी आमा र हजुरआमाको स्मृतिमा प्रेस सेन्टर र नेपाल पत्रकार महासंघ दाङ शाखामा ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार रुपमा स्थापना गर्नु भएको हो ।

प्रेस सेन्टर र महासंघले हरेक बर्ष उक्त पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।   साउन २४ गते बिहान ८ बजे पत्रकार महासंघ,प्रेस सेन्टर/प्रेस चौतारी दाङको संयुक्त आयोजनामा कार्यक्रम गरिने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्