दाङ २२ साउन । करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु भएको छ । दंगीशरण गाउपालिका वडा नं ७ बागर निवासी ३३ वर्षीया झुपि कुमारी पुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घरमा पानी तान्ने मोटर जोड्ने क्रममा मंगलबार करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएकी पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।