प्रत्यक्षदर्शी भन्छन्–प्रहरीले बिहान ९ बजे तीर रूम बाट लगेको हो



अपहरणकारीलाई गिरफ्तार गरेर मार्‍यो (भिडियोसहित)प्रहरी            इन्काउन्टरमा मारिएका अजय तामाङ र गोपाल तामाङ

को  रूम सगै बस्ने प्रशन्न रिमाल भन्छन बीहान ९ बजे तीर सीभील मा आको तोली ले लगेको हो तपाई हरू को भन्दा हामी पुलीस को भन्दै गादी मा हलेर लगेका हून

प्रत्यक्षदर्शी भन्छन्–प्रहरीले अपहरणकारीलाई गिरफ्तार गरेर मार्‍यो (भिडियोसहित) रूम सगै बस्ने प्रशन्न रिमाल भन्छन बीहान ९ बजे तीर सीभील मा आको तोली ले लगेको हो तपाई हरू को भन्दा हामी पुलीस को भन्दै गादी मा हलेर लगेका हून

काठमाडौं । आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले अपरहणमा संग्लन भनिएका गोपाल तामाङ र अजय तामाङको सूर्यविनायकमा रहेको पाइलट बाबाको आश्रम जाने जंगलमा भनिएको ‘इन्काउन्टर’ गलत भएको स्थानीयले बताएका छन् ।

महाशाखाको टोलीले निशानको हत्यामा संग्लन भनिएका गोपाल र अजयको दोहोरो मुठभेडमा ज्यान गएको दाबी गरे पनि महाशाखाले सानोठिमीस्थित कोठाबाट अजय र गोपाललाई ९९३२ नम्बरको रातो गाडीमा हालेर जंगलतर्फ लगेको प्रत्यक्षदर्शी बताउँछन् ।
श्याम लावटको घरमा मासिक ५ हजार तिरेर बस्दै आएका गोपाल र अजयलाई सादा पोशाकमा आएको प्रहरीको टोलीले कोठाभित्रै कुटपिट गरेर आँखामा पट्टी बाँधेर लगेको त्यहा उपस्थित दर्जनौं बासिन्दाले प्रत्यक्ष देखेका थिए ।

प्रहरी इन्काउन्टरमा मारिएका अजय तामाङ र गोपाल तामाङको भक्तपुरस्थित कोठा ।


अपहरणकारी डेरा बसेको घर सँगैको कोठामा बस्दै आएका प्रसन्न रिमालले भने, “उनीहरु दुवैलाई प्रहरीले बाहिरबाट ल्याएको देखेको हुँ । सादा पोशाकमा भएकाले साथीजस्तो लाग्यो, तर पछि कुटपिट गर्न थालेको आवाज सुनियो । पछि हामीले को हौ ? भनेर सोध्दा ‘प्रहरी हौं । यिनीहरु अपरहणकारी हुन्,’ भनियो ।”

 । 


त्यतिबेला लावटको घर बाहिर सयौं स्थानीय जम्मा भइसकेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले लावटकै निर्माणाधिन घरको आडमा गाडिएको अवस्थामा शव फेला पारेको थियो ।  शव पनि गोपाल र अजयले नै देखाएको हुन सक्ने स्थानीय बताउँछन् ।
रिमाल भन्छन्, ‘‘एकजनाले निर्माणधिन घरको आडमा कसैले खनिरहेको देखेँ, किन खनेको भनेर सोध्दा हामी प्रहरी हौं, हल्ला नगर्नुस् पछि बर्दीवाला प्रहरी आए काम गर्न गाह्रो हुन्छ भने ।”

सोही घरमा बस्दै आएका निरज पौडेलले ९९३२ नम्बरको रातो गाडीमा उनीहरुलाई लगिएको बताए । उनका अनुसार रातो गाडीसहित एउटा निलो रंगको गाडी र ३–४ ओटा मोटरसाइकलमा महाशाखाको टोली लावटको घरमा पुगेको थियो ।
अन्य स्थानीय पनि प्रहरीले अजय र गोपाललाई बिहान अन्दाजी सवा दश बजेको समयमा लावटकै घरबाट लगेको बताउँछन् ।
गोपाल र अजयको लुगा अझै पनि सुकाउन घरको रेलिङमा राखिएको छ ।

प्रहरी इन्काउन्टरमा मारिएका अजय तामाङ र गोपाल तामाङले भक्तपुरस्थित कोठाबाहिर सुकाएको कपडा । तस्बिरः बाह्रखरी


जुत्ता पनि त्यहीँ सुकाइएका छन् । उनीहरु बस्ने कोठामा महाशाखाको टोलीले नै बन्द गरेको छ । उनीहरुलाई चप्पलमै लगिएको थियो । त्यही घरमा बस्दै आएका डेरावालका अनुसार गोपाल र अजय आइतबार राति अलि ढिलो कोठामा पसेका थिए ।  घटनाक्रम हेर्दा अजय र गोपालले कोठामा आउनुअघि नै निशानको हत्या गरेको हुन सक्ने उनीहरुको आकलन छ ।

“कल डिटेल र ट्रयासबाट प्रहरीले उनीहरुको पहिचान त गर्यो तर कानुन हातमा लिएर फेक इन्काउन्ट गर्यो,” एक  सुरक्षा विज्ञ भन्छन्,  “मारिएका दुवै जनाको खुट्टामा चप्पल देखिन्छ भने गोली लागेर ढलेको अवस्थामा पनि पेस्तोल सँगै देखिएको छ । यसले घटना थप शंकास्पद बनेको छ । सबैले देख्नेगरी घरबाट पक्राउ परेका गोपाल र अजयलाई कानुनी कारवाही गर्नुको साटो मुठभेड भनेर इन्काउन्टर गर्नुले प्रहरी नियतमा शंका मात्रै होइन, कानुनी राज्यको उपहाससमेत भएको देखिन्छ ।”

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, “इन्काउन्टरमाथि प्रश्न उठ्नु भनेको नै प्रहरी सिस्टमको फेलियर हो । इन्काउन्टर अविश्वसनीय देखिएको छ यसले प्रमाण सबै समाप्त पारेको छ । यो अपराध नै हो । न्यायको सिद्धान्त अन्तर्गत भारतीय सर्वोच्च अदालतले पनि इन्काउन्टर भनेको इन्भेष्टिगेटिभ हुन सक्छ भनेर भनेको छ । नेपालको संविधानले पनि मृत्युदण्ड रोकेको छ भनेपछि प्रहरीले कानुन हातमा लिएर त्यस्तो गर्न मिल्दैन भने संयुक्त राष्ट्रसंघले पनि शक्ति प्रयोग कानुनमा आधारित भएको उल्लेख गरको छ ।”
उनले प्रहरी सिष्टम विश्वसनीयताको लागि पनि निष्पक्ष हुनुपर्ने बताउँछन् ।

फेक इन्काउन्टर पुष्टि भएमा प्रहरीलाई ज्यान मुद्दा नै लाग्न सक्ने उनको भनाई छ ।  ज्यान मुद्दामा नेपालको कानुनले अधिकतम २५ वर्ष जेलसजाय तोकेको छ ।  इन्काउन्टरमा ज्यान गुमाएका गोपालका भाई गोपी तामाङ र अजयका दाई सोनम तामाङले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनीहरु भन्छन्, ‘‘अजय र गोपाल दोषी नै भए पनि कानुनी कारवाही  हुनुपर्थ्यो । घरबाट समातेर जंगलमा लगेर मुठभेड भनेर इन्काउन्टर किन गरेको ? यस्तै हो भने देशमा संविधान किन बनाएको ?”

तर अपराध महाशाखाले जारी गरेको विज्ञप्तिमा भने आश्रम जाने जंगलमा अपरिचित आपराधिक व्यक्तिहरुको समूहले हतियार निकाली प्रहरीमाथी नै प्रहार गर्न लागेपछि वाध्य भएर गोली प्रहार गर्दा दुईजनाको मृत्यु भएको जनाएको छ ।

“निशाल खड्कालाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न रहेका आपराधिक व्यक्तिहरु भक्तपुर जिल्लाको पाईलट बाबा जंगलतर्फ जाने क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नपा वडा नं. ८ पाइलट बाबाको आश्रम जाने जंगलमा अपरिचित अपराधिक व्यक्तिहरुको समूहले हतियार निकाली खटिएको टोलीलाई लक्षित प्रहार गर्न लागेको अवस्थामा मुठभेड हुँदा सर्चको लागि खटिएको प्रहरी टोलीले आफ्नो आत्मरक्षाको लागि गोली प्रहार गर्दा उक्त आपराधिक समूहमा रहेका २ जना व्यक्तिलाई लाग्न गई निजहरुको घटनास्थलमा नै मृत्यु भएको,” महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

यस्तो थियो निशान अपहरणको नालीबेली 

काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का आइतबार बिदा भएपछि घर फर्किए । निशानका बुबा गोपाल खड्का वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् भने आमा चमेलीले काँडाघारीको गार्डेन चोकमा चिया र खाजा पसल सञ्चालन गरेकी छिन् । निशान आएपछि पसलमै रहेका गोपाललाई चमेलीले सामान्य मोवाइल किन्न भन्दै १५ सय रुपैयाँ दिइन् । गोपालसँगै मोवाइल किन्न छोरा निशान पनि गए । मोवाइल किनेर उनीहरु आए । मोवाइलमा गोपालले चमेलीले प्रयोग गर्दै आएको सिमकार्ड राखे । त्यसपछि गोपालले चमेलीको पसलमा २ बोतल वियर पिए, त्यो पनि उधारोमै । अझै पनि चमेलीको पसलमा गोपालले १२ हजार तिर्न बाँकी छ । वियर पिएपछि गोपाल बाहिरिए । काममा व्यस्त भएकाले चमेलीले छोराको वास्ता गरिनन् । छोरो खेल्न गएकाले आउने आशामा चमेली बसीरहिन् । तर निशान आएनन् । रातको ९ बज्नै लागेको थियो, चमेलीको मोवाइलमा अपरिचित नम्बरबाट फोन आयो । फोनमा चमेलीलाई भनियो– तिम्रो छोरा हाम्रो कब्जामा छ, रिहाइ चाहने भए ४० लाख दिनू ।’

छोराको हत्या गरिएपछि भावविह्वल अवस्थामा आमा चमेली खड्का । तस्बिर बाह्रखरी


चमेलीले गुहार मागिन् र प्रहरीलाई पनि खबर गरिन् । प्रहरीलाई खबर गरेपछि काठमाडौं प्रहरीको कार्यक्षेत्र भएको भन्दै झन्डै १२५ जना प्रहरी मैदानमा खटियो । प्रहरीले सबै स्थानमा चेकजाँचमा कडाई पार्‍यो । महाशाखाको टोली पनि खटियो र भक्तपुर परिसर पनि निशानको खोजी र अपहरणकारीको पहिचानको प्रयासमा जुट्यो ।

त्यसबेलासम्म राति भइसकेको थियो । भोलिपल्ट सोमबार सबेरै निशानको हत्या भएको सुइँको चलेको थियो भने उनलाई अपहरण गर्ने र चमेलीलाई फोन गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेर लगेर जंगलमा गोली हानेको थियो                                                                                                                                                                                                       समाचार बारखरी बाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्