काठमाडौं, २२ साउन । विश्वकै प्रहरी संगठनका लागि एउटा चलनचल्तीको भना
ई छ– पहिला ठोक अनि त्यसपछि प्रश्नोत्तर गर
महानगरीय अपराध महाशाखाको इन्काउन्टरमा सोमबार दुई अपहरणकारी मारिएका छन् । यो भनाईका हिसाबले गतिलो काम भए पनि विवादमा ल्याउने कोशिश गरिएको छ । तर घटनाक्रमको अवस्थाले अपहरण र हत्या गर्नेको इन्काउन्टरलाई ‘जायज’ निर्णय भएको सामाजिक सञ्जालमा र आम सर्वसाधारणले भन्न थालेका छन् ।
काठमाडौंको काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने ११ वर्षीय निशान खड्काको अपहरणपछि आततायी हिसाबले हत्या गरी गाड्ने सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङ्को प्रहरीमाथि गोली चलाउन खोजेपछि मुठभेडमा मारिएका हुन्
बालकलाई जोगाउनका लागि अपराध महाशाखाले प्रयत्न नगरेको होइन । अपहरणकारीको फोन लोकेशन र कल डिटेल्सका लागि अदालतको आदेश पनि चाहिन्छ । महाशाखाले खबर पाउँदा राती भइसकेको थियो । यस घटनामा बालक जोगाउने अनुसन्धानका लागि महाशाखाका अधिकारीलाई अपहरणकारीको ‘फोन डिटेल्स्’ पाउन मुस्किल भयो । जसलाई प्रहरी अनुसन्धानमा ‘प्राविधिक सहयोगको कमी’ ठहर छ ।
तपाईहरू घटनामा बालक जोगाउन चुकेकै हो त ?
अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह दैनिक नेपालसँग भन्छन्,‘मोवाइलसम्बन्धी सेवा प्रदायक कम्पनीसँग अनुसन्धानको हिसाबमा प्रहरीले दिउँसो मात्र काम गर्न सक्छ । अपहरण राती भयो । त्यसकारण हामीले प्राविधिक सहयोग पाउन नसक्दा बालकलाई जीवितै उद्दार गर्न कठिन भयो ।’
घटनाको छानबिनका लागि महानगरीय प्रहरी परिसर र अपराध महाशाखाबीच समन्वय भएको हो । प्रहरी संगठनमा अपहरणलगायतका यस्ता घटना हुन नदिन र सम्भावित ठाउँमा परिसर परिचालित हुन्छ भने घटना भएको थाहा पाएपछि अनुसन्धानको नेतृत्व अपराध महाशाखाले गर्दै आएको छ ।
सिंहका अनुसार आइतबार राती ९ बजे निशानको अपहरणको खबर आउनासाथ परिसरले वानेश्वर वृत्तका डिएसपीको नेतृत्वमा परिवारलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएको थियो । ९ बजेर १५ मिनेटमा महाशाखामा खबर आएपछि घटनास्थलमा महाशाखाको टोली ९ बजेर ४० मिनेटमा पुगेको थियो ।
‘हामीले घटनाका बारेमा जानकारी लिएर ब्लकिङ पनि गरेका थियौं, यस्तो अपहरण चिनेका मान्छेबाट हुनसक्ने नजिरका आधारमा हामीले अनुसन्धान थाल्यौं । त्यसमा परिसरका अधिकारीहरूसँग पनि निरन्तर समन्वय भएको थियो’, सिंहले दैनिक नेपालसँग थप्छन्,‘यस्तो अपहरणका केसमा बच्चा ७५ प्रतिशतसम्म जीवित हुने चान्स कम रहेका नजिरलाई पनि मुल्यांकन गरेका थियौं । कतिपयले फिरौति लिएर पनि हत्या गरेका उदाहरण नेपालमा छन् । तर, हामीले अझै पनि बालकलाई जीवित उद्दार हुनसक्ने प्रयास जारी गरेका थियौं, जुन सफल हुन सकेन ।’
दिउँसो ५ बजे खेल्न निस्किएका बालक हरेक दिन बेलुका ८ बजेमात्र घर पुग्ने गरेका थिए । उनको सामान्य दिनचर्याकै क्रममा आइतबार साँझ अपहरण भएको थियो । सामान्य परिवारकी चमेली खड्काले छोरो अपहरण भएको खबर आफ्ना बुवा, भाईमार्फत प्रहरीमा जानकारी गराउनासाथ खोजीमा परिसर र अनुसन्धानमा महाशाखाले सक्रियता देखाएको थियो ।
इन्काउन्टरमा मारिएका गोपाल र उनका साथी अजयले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजेमात्रै फर्किए । तर त्यसबेला सम्म निशानको हत्या गरी शव गाडीसकेको अनुसन्धानले खुलेको छ । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएका थिए ।
महाशाखाले अनुसन्धान गर्दैजाँदा भागेका र प्रहरीमाथि नै आक्रमण गरेपछि घ्याम्पेडाँडा मुठभेडमा दुबै जनाको मृत्यु भएको थियो ।
महाशाखा अधिकारीमाथि नै गोली प्रहार गर्ने संगठीत अपराधमा संलग्नहरूले फिरौतिका लागि बालक अपहरण र हत्या गर्ने श्रृङ्खला नै चलाउन सक्ने सम्भावनालाई नजरअन्दाज नगरी कतिपयले इन्काउन्टर ‘जायज’ भएको बताएका छन् । ‘पक्राउ गरी बुझाएको भए २२ महिनामा छुट्ने थिए, कर्तव्य ज्यान मुद्दामा पर्ने थिए तर हामीले न्याय पाएका छौं’, हत्या गरिएका बालक निशानका एक आफन्तले भावुक हुँदै भने,‘प्रहरीले हाम्रो छोरालाई बचाउन सकेको भए हामी अझ धेरै कृतध्न हुने थियौं ।’ दैनिक नेपाल बाट साभार

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।