मे.सु.ले नेत्रित्व आफै गर्न खोज्दा समस्या – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सबैकाम अलपत्र



 

जनक नेपाली
दाङ ,२३ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबैका अलपत्र परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी संगिता भण्डारी र निमित मेडिकल सुपरिटेन्डेन डा.जनार्दन पन्थी बिचको आन्तरिक द्धन्दका कारण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम रोकिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेक २०७४ मा संसदबाट पारित भएपनि अहिले सम्म प्रतिष्ठानको काम पुरा हुन नसकेको अस्पकतालमा कार्यरत कर्मचारी बताउँछन् । निमित्त मेडिकल सुपरिटेण्डन डां. जनार्दन पन्थी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी निर्देशकका रुपमा आउँन खोज्दा समस्या भएको अस्पतालमा कार्यरत ती कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि आबश्यक पर्ने जग्गाको व्यवस्थापन, अस्पतालको सेवा सुविधा बृद्धि पुर्वाधारण निर्माण तथा प्रतिष्ठानको गुरु योजना निर्माण लगायतका काम अन्तिम चरणमा पुगेपनि त्यसको नेत्रित्व कस्ले गर्ने भन्ने विषयमा आन्तरिक सहमति नहुदा समस्या बल्झिएको हो । प्रतिष्ठानकी भिसी भण्डारी र मे.सु पन्थीले आ–आफ्नै पक्षमा लविङ गर्दै आएका कारण समस्या देखिएको छ । दलका शिर्ष नेत्रित्वसंग भेटघाट गर्दै आफ्ना पक्षमा निर्णय गराउँन लविङ गर्दै आएका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान हस्तान्तरणको काम पटक÷पटक स्थगित हुदै आएको वताउँदै कार्यकारी निर्देशक आफु नहुदासम्म प्रकृया नै अगाडी नबढाउँने मनस्थितिमा डा.पन्थी उभिएको समाचार श्रोतले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन संचालनका लागि यस आर्थिक बर्षमा करिव ८ करोड रुपैयाँ बजेट समेत प्राप्त भएको वताउँदै अब काम सुरु नहुदा प्रतिष्ठान हुने की नहुने भन्नेका जनस्तरबाट प्रश्न समेत उठेको ती कर्मचारीले वताए।

विशिषज्ञ सेवामा सिन्डिकेट
राप्ती उपक्षेत्रिय अस्पतालले विरामी माथी सिन्डिकेट लगाउँदै आएको छ । अस्पताले प्रसुती, हार्डर्जोनी,नाक,कान,घाँटी, छाला, भिडियो एक्सरे लगाएतका बिशिषज्ञ सेवाका लागि सिन्डिकेट लगाउँदै आएको अस्पतालकै कर्मचारी वताउँछन् ।दिनभर ४० जना विरामीको मात्र उपचार गर्दै आएको वताउँदै त्यस तर्फपनि कसैको ध्यान पुग्न नसकेको कर्मचारीले वताए । सिन्डिकेटकै कारण टाढा बाट आउँने विरामी फर्कर्नु पर्ने वाध्यता रहेको उनले वताए । एउटा कोठामा दुई डाक्टर बस्ने एउटा विरामी चेक गर्दा अर्काे खाली बस्ने प्रबृति समेत देखा परेको छ ।

सरकारीमा विरामी जाँच निजीमा अप्रेशन
्उपक्षेत्रिय अस्पतालमा कार्यरत अधिकासं डा आफ्नै मेडिकल संचालन गर्दै आएका छन् । विरामीको सरकारी अस्पतालमा चेकगर्ने अप्रेशन गर्नुपर्ने निजी मेडिकलमा अपे्रशन गर्दै आएका छन् । त्यसबाट डाक्टरहरुले चर्काे मुल्य समेत अशुलने गरेको उनले बताए ।

 

प्रतिष्ठानका बिरुद्धमा मेडिकल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरुद्धमा निजी मेडिकल लागेका छन् । प्रतिष्ठान संचालनमा आए प्रतिष्ठानको एक किलो मिटर वरपर कुनै निजी मेडिकल राख्न रप्रतिष्ठानमा कार्यरत कुनै डाक्टर निजी मेडिकलमा काम समेत गर्न नपाईने भएपछि मेडिकल संचालक नै प्रतिष्ठानको विरुद्धमा खनिएका हुन ।

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा कुरा गर्दै प्रतिष्ठानका भिसी संगिता भण्डारीले मे.सु. र आफ्ना विचमा कुनै विवाद नभएको वताईन । दुवैजनाले एक आपसमा सहकार्य गरी काम गर्दै आएको वताउँदै गत असार २० गतेको मन्त्री परिषद्ले निर्णयबाट देउवा सरकारले गरेको सबै निर्णय खारेज गरेपछि समस्या भएको वताउँनुभयो ।  साथै निमित्त मेडिकल सुपरिटेण्डन डां.जनार्दन पन्थीले अस्पतालको कुनै पदाधिकारीमा आउने योजना आफु संग नभएको वताउँनुभयो । कार्यकारी निर्देशक नपाएर प्रतिष्ठानको काम रोकियो भन्नु गलत रहेको बताउँदै सबैको सहमतिले दिए कार्यकारी निर्देशक हुने त्यसमा बिवाद देखिए त्यो पनि छोड्ने वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्