घोराही उप–महानगरपालिका भित्र कुन–कुन क्षेत्रमा बाढीले पुग्यो क्षती



दाङ २३ साउन । घोराही उपमहानगरपालिका क्षेत्र भित्र बाढीले पु¥र्याएको क्षतीको अनुगमन गरिएको छ । घोराही उप–महानगरपालिका वातावरण तथा विपत्त व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो । उप–महानगरपालिका वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं घोराही उपमहानगर पालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले प्रभावित क्षेत्रको अनुगमन गर्नु भएको हो ।

 

 


समितिले घोराही उपमहानगरपालिका ४ स्थालापानी कट्कैया सोतो, हङ्ग्ेयशिव सोतो र वडा नं. १७ स्थित बशन्ति विकको बर्षातका कारण भत्किएको घरको अनुगमन गरिएको थियो । यसका साथै नं. १७ डवरी ड्याम, घनी बगिया ड्याम, चौघेरा स्थित गुठी टोलमा भत्किएको पर्खाल, बाढीले प्रावि क्वाडीको स्कुललाई पु¥र्याएको क्षतीको अनुगमन गरिएको वडा अध्यक्ष चौधरीले वताउँनुभयो । यसका साथै समितिले घोराही १३ लापे स्थित अम्मेमल्लको बाढीका कारण भतिकएको घरको अनुगमन गरिएको थियो ।

 

समितिका तर्फबाट तत्काल विक र मल्ललाई शुरक्षित स्थानमा राख्ने काम भएको भन्दै संयोजक डाँगीले राहतका विषयमा समेत छलफल गर्ने वताउँनुभयो । संयोजक डाँगीले वडा नं. ४ मा बाढीले बगाएको सडक र ह्युमपाईप नरपालिका बाट स्क्याभेटर लगाएर काम सम्पन्न भएको समेत संयोजक डाँगीले जानकारी दिनुभयो ।त्यस क्रममा वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरी र वडा सदस्य रेमन्ता पुनमो सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्