बस र ट्रक एकआपसमा ठोकिँदा ४ को मृत्यु, १७ घाइते



रमेशकुमार पौडेल,

चितवन — पूर्व–पश्चिम महेन्द्र राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति ११ बजे बस र ट्रक एकआपसमा ठोकिँदा चारजनाको ज्यान गएको छ भने घटनामा १७ जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको मकालु यातायातको यात्रु बस र नारायणगढ तर्फबाट आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एक आसपसमा ठक्कर खाएका थिए ।

घटनास्थलमा २१ जना घाइते भएपछि उपचारका लागि भरतपुरको पुरानो र नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा ल्याइएको थियो । डिएसपी ढकालले नयाँ मेडिकल कलेजमा उपचार हुँदै गर्दा तीनजनाको निधन भएको छ । त्यसै गरी पुरानो मेडिकल कलेजमा उपचार गराइ रहेकामध्ये एकजनाको निधन भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्राप्त विवरणमा ट्रकका चालक रौतहट चपुर–२ का ३४ वर्षीय मोहन घिसिङ र सहचालक चपुरकै ३० वर्षीय बुद्धिमान लामाको को निधन भएको छ । त्यसै गरी ताप्लेजुङकी ४२ वर्षीया तारा बरालको पनि निधन भएको रत्ननगर प्रहरीले जनाएको छ । प्रहरीको अनुसार काठमाडौं थानकोट–३ का विष्णुप्रसाद थापाको पनि उपचारको क्रममा ज्यान गएको छ ।

घटनाको कारणका बारेमा अनुशन्धान भइरहेको डिएपी ढकालले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्