समाचार

समाज रहेनन् वरिष्ठ चित्रकार मिश्र

By थाहा अनलाइन

August 08, 2018

काठमाडौं :  वरिष्ठ चित्रकार एंव कला इतिहासविद् मनुजबाबु मिश्रको निधन भएको छ। मिश्रको मंगलबार साँझ उपचारका क्रममा निधन भएको हो। उनी विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रका बुवा हुन्। मिश्रमा एक दर्जनभन्दा पुस्तक प्रकाशित छन्। ४० वर्षदेखि एकान्त बस्दै आएका मिश्रका कान्छो छोरा नेपाल आएपछि मात्रै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। उनका कान्छाछोरा बेलायतमा रहेका छन्।