सुनको मुटु भएको’ माछा कतिमा बिक्यो त?



 

भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाइ एउटै माछा बेचेर लखपति भएका छन्। महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिन सरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए।

आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे। जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न थाले। जालमा ३० किलोको एउटा माछा थियो। माछा लिएर तटमा आइपुग्ना साथ उनीहरुले मारेको माछाको चर्चा सुरु भयो। किनकि उक्त माछा सामान्य थिएन। घोल जातको उक्त माछा दुर्लभ हुनका साथै निकै महँगो मानिन्छ। उनीहरुसँग घोल माछा रहेको हल्ला बजारभरी फैलियो ।

उक्त माछा लिलाममा बिक्री गर्ने निधो भयो। माछा खरिद गर्नका लागि व्यापारीहरुको भीड नै लाग्यो। अन्ततः एक व्यापारीले साढे पाँच लाख भारतीय रुपैयाँमा खरिद गरे।

यो माछा निकै स्वादिष्ट हुनका साथै बहुपयोगी गुण भएको मानिन्छ। यसमा औषधीय गुणसमेत हुन्छ। पूर्वी एसियामा निकै महँगोमा बिक्री हुने गर्दछ। यो माछालाई ‘सुनको मुटु भएको’ पनि भनिन्छ। यो माछा कस्मेटिक उत्पादनमा समेत प्रयोग गरिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्