मुख्य समाचार

पहिरोमा पुरिएर बालकको मृत्यु, दुई घाइते

By थाहा अनलाइन

August 08, 2018

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्क भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले पुरिएर एक जनाको मृत्यु हुनका साथै दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार बुधवार विहान करिब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ बर्षको बालक दिपक तामाङ रहेका छन्। माथिबाट खसेको पहिरोले घर भित्रै पुरिएर हेमबहादुर तामाङ र उनकी श्रीमती सितामाया तामाङ घाइते भएका छन्। पहिरोले दुई वटा टिनको टहरा समेत बगाएको प्रहरीले जनाएको छ ।