Photo: THT

मुख्य समाचार

देउवा आज सिंगापुर जाने, संवैधानिक परिषद्को बैठक स्थगित

By थाहा अनलाइन

August 08, 2018

काठमाडौैं :  प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि बुधबार सिंगापुर जाने भएका छन्।  देउवा दिउँसो १ बजे श्रीमती आरजुसहित उपचारका लागि सिंगापुर जान लागेका हुन्। यसअघि उनी गत साउन ६ गते नै सिंगापुर जाने तय भए पनि गोविन्द केसी प्रकरणमा आन्दोलन उत्कर्षमा रहेकाले त्यसवेला देउवाले आफ्नो भ्रमण स्थगित गरेका थिए। देउवा सिंगापुर जाने भएपछि बुधबार बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थागित भएको छ। संवैधानिक परिषदको बैठक स्थगित भएपछि प्रधानन्यायाधी र अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष नियुक्तिमा ढिलाइ हुने भएको छ। यस अघि प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीलाई सुनुवाई समितिको बैठकले अस्विकृत गरेपछि नयाँ प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने छ। नयाँ प्रधानन्यायाधीशका लागि यसअघि नै न्याय परिषद्ले दुई जनाको नाम परिषदमा पठाएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणा छन्।