संसदले फैलाएको अफवाह- निरु पालको ‘लुटियो’ भनिएको मोबाइल उनकै कोठामा ‘एक्टिभ’



काठमाण्डौ २३ साउन ।सांसद निरु पालमाथि पेस्ताल ताकिएको भनिएको कुरा एक हप्ता वितिसक्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन । उनले आफुमाथी पेस्तोल ताकिएको र आफ्नो मोबाइल लुटिएको बताकी थिइन । तर अनुसन्धानमा उनले आफ्नो लुटियो भनेको मोबाइलको नम्बर अनुसार लोकेशन उनको आफ्नै कोठातिर चलेको देखाएको पाइएको छ ।

निरुले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते साँझ साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आए । दीपकराज जोशी संसदीइ सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल तोके । यदी उनी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भने । र, उनीसँग रहेको आइफोन लुटिएको थियो ।

यस्ता खबर पाउनासाथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल टेकुस्थित प्रहरी परिसरका हाकिमहरुसँग कराए, किन अहिलेसम्म केही पत्ता नलगाएको भनेर । प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन टोली बनाएको छ । तर, केही पत्ता लागेको छैन ।

नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ । प्रहरीले निरुलाई आशंका गरेको व्यक्ति कोही छन् कि भनेर सोध्दा केही नाम दिइन् । त्यसमध्ये केही व्यक्तिलाई प्रहरीले फेला पार्यो, सोध्यो, तर पुष्टि भएन ।

केही व्यक्तिले विदेश जाने चाहनामा आर्थिक कारोबार गरेको र पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की सुन्नुपरेको बताए । त्यस्ता व्यक्तिलाई पक्राउ गर्दा उल्टै निरुलाई अप्ठेरो पर्ने भएपछि प्रहरीले छाड्यो । निरुले दाबी गरेको घटनाका न प्रत्यक्षदर्शी निस्किएका छन् न त दोषी नै । २०५६ सालमा उनी नेपाली काँग्रेसबाट तत्कालिन नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।दैनिक पाना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्