काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। बुधबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। बैठकमा दुई पार्टी एकता भएपछि तल्लो तहका संगठनलाई कसरी एकीकरणमा लैजाने भन्नेबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
बैठकमा सांगठनिक एकीकरणको मिति र नेतृत्व तय गर्नेबारे छलफल भएको बताइएको छ। बिहीबार २४ गते बस्ने बैठकमा सांगठनिक एकीकरणलाई टुंगो लगाउने सन्दर्भमा छलफल गर्ने बताइएको छ। त्यसैगरी स्थायी समिति बैठक बस्नेबारे पनि छलफल हुने बताइएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।