समाचार

प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा

By थाहा अनलाइन

August 08, 2018

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको छ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेकाे सो विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको हो।  यस्तै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए। राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बस्नेछ।