राष्ट्रिय जनमोर्चाको घरदैलो तथा सदस्यता अभियान प्रशिक्षण गढवामा



देउखुरी, २३ साउन ।
राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियान अन्तर्गत गढवा गाउपालिका १ को भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । नबराज सर्माको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्ष गणेश आचार्य, सदस्य तथा गढवा गाउपालिका अध्यक्ष कपिलदेब खनाल, सदस्य तथा गाउपालिका सचिब टुकमान कुवर, अखिल नेपाल किसान संघ केन्द्रिय साद्स्य प्रेम आचार्य, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य ओम बहादुर मगर, मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका कृष्ण खडका लगायतले मन्तब्य राख्नु भएको थियो ।

भरत अधिकारी को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को संचालन हरी सुबेदीले गर्नु भएको थियोे । भेलाले भरत अधिकारी को अध्यक्षताम १५ सदस्यीय वाडा समिती निर्बाचित गरेको छ । जसको उपाध्यक्ष मुक्ती प्रसाद पौडेल, सचिब दोर्ण भट्टराई, सह सचिब टोपाराम शर्मा, कोषाध्यक्ष पबित्रा जिसि, सदस्यहरुमा टेकराज खनाल, शेरबहादुर अधिकारी, मानबहादुर कुमाल, जमुना भण्डारी, पबित्रा भण्डारी, चन्द्रकला नेपाली, कर्ण बहादुर थापा, मदन थापा, राजकुमार योगि र हरि थारु कुमाल रहनु भएको छ। सल्लाहकारहरुमा नबराज शर्मा, हरी सुवेदी, कर्णबहादुर घर्ती, तारा खनाल, केसब घर्ती, रामबहादुर घर्ती र केसर बहादुर के सि रहनु भएको छ ।

यसैगरी अखिल नेपाल युबक संघ लमही नगरपालिका को भेला सम्पन्न भएको छ । गोपाल खनाल को अध्यक्षतामा भएको भेलामा अखिल नेपाल युबक संघ जिल्ला अध्यक्ष चित्र एम सि, राष्ट्रिय जनमोर्चा जिल्ला सचिब बसन्तराज पौडेल, लमही नगर सचिब हरि थापा, अखिल नेपाल शिक्षक संघ जिल्ला सचिब रुमालप्रसाद बसेल, अखिल छैठो जिल्ला अध्यक्ष वसन्त आचार्य लागायतले मन्तब्य राख्नु भएको थियो भने संचालित जिल्ला उपाध्यक्ष लेखराज आचार्य ले गर्नु भएको थियो ।

भेलाले दधिराम पोख्रेल को अध्यक्षतामा ९ सदस्यीय नगर समिती निर्बाचित गरेको छ । जसको उपाध्यक्ष गोपाल खनाल, सचिब बिन्दु परियार, कोषाध्यक्ष भेगराज पौडेल, सदस्यहरुमा गगन आचार्य, रामबहादुर घर्ती, नारायण के सि, यमुना कवर र बिक्रम आचार्य रहनु भएको छ । सल्लाहकारमा लेखराज आचार्य, गोपाल भट्टराई र अनिल पौडेल रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्