प्रहरी इन्काउन्टरमा मारिनेका परिवारले गुहारे मानव अधिकार आयोग



काठमाडौंः सोमबार भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई जनाका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन्। उनीहरुले गैरन्यायिक तरिकाले हत्या गरिएको भन्दै अयोगमा उजुरी दिएका हुन्। ११ वर्षीय बालकको अपहरण गरि हत्या गरेको अवस्थामा फेला परेपछि प्रहरीले अपहरणकारीलाई इन्काउन्टर गरेर मारेको थियो।

यद्यपि इन्काउन्टरका विषयमा आलोचनाहरू सतहमा आएका छन्। बुधबार उनीहरुले मानव अधिकार आयोगमा पुगेर निवेदन दिएका छन्। उनीहरुले इन्काउन्टर नभइ हत्या गरिएको आरोप लगाएका छन्। ११ वर्षका बालक निशान खड्काको अपहरण गरेर हत्या गर्ने अजित तामाङ र गोपाल तामाङलाई प्रहरीले इन्काउन्टर गरेको थियो। दुबै तामाङ परिवारले घटनाका विषयमा थप अनुसन्धान गर्न आयोग समक्ष अनुरोध गरेका छन्।
थाहाखबर,

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्