एउटा यस्तो बिद्यालय जहाँका बिद्यार्थी सहयोगी दाताको प्रतिक्षामा हुन्छन



 दिपक बोहरा बेलुवा ३० असार ।

                     दिउसोको टन्टलापुर घाममा थियो । दाङ घोराही उपमहानगरपालिका ३ बेलुवाको रात्री प्राथामिक बिद्यालय बेलुवाका बिद्यार्थीहरु दिउँसो १ बजेसम्म पनि परिक्षा सकेर चवरमा खेलिरहेका थिए । एक पटक बन्द भएर पुनः सञ्चालनमा आएको सोही बिद्यालयमा अध्ययरत बिद्यार्थीहरु अन्य दिनमा दिउँसो १ बजे परिक्षा सकेर घर पुगि सकेका हुन्थे । तर त्यो दिन उनीहरु परिक्षा सकेर पनि बिद्यालयकै चवरमा खेलिरहेका थिए । उनीहरुले केही नयाँ कुरा पाउने तीब्र अभिलासा बोकेर त्यहाँ दिउसोको टन्टलापुर घाममा खेलिरहेका देखिन्थे ।

                      जिल्ला शिक्षा अधिकारी रमेश मैनाली बिद्यालय आउने भन्ने थाहा पाएपछि त्यहाँका बिद्यार्थीहरु साझ सम्म पनि बस्न तयार हुने गरेको त्यहाँका शिक्षकहरुले बताउछन् । शिक्षा अधिकारी मैनाली त्यहाँ पुग्दा केही नयाँ सामग्री पाईन्छ भन्ने छाप उनीहरुको त्यो कलिलो दिमागमा बसिसकेको छ । शिक्षा अधिकारी मैनाली यस अघि पनि बिभिन्न संघसंस्था तथा व्यक्तिहरुले उपलब्ध गराएको सहयोग सामग्री लिएरै उक्त बिद्यालय जाने गरेका थिए, त्यसले गर्दा पनि त्यहाँका ससना बिद्यार्थीहरु मैनालीकै बेग्र प्रतिक्षामा हुन्छन् ।

                     बिहिबार त्यहाँका शिक्षाकाले मैनाली सर आउनु हुन्छ भनेपछि मैनालीकै प्रतिक्षामा उनीहरु बिद्यालयमा बसेका थिए । उनीहरुको लामो प्रतिक्षा पछि जब शिक्षा अधिकारी त्यहाँ पुगे बिद्यार्थीहरु खुसी भएर शिक्षा अधिकारी मैनालीलाई वरीपरिबाट घेरे । सबैजनाले नमस्कार गरे । त्यो दृष्य देख्दा लाग्थ्यो, शिक्षा अधिकारीमा हुनु पर्ने गुण मैनालीमा छ ।

                      बालबालिकामा ठूला मान्छेदेखि डराउने स्वभाव बढि हुने गर्छ । ठूला मान्छे देख्यो की टाढा टाढा भाग्ने गर्छन् । तर दाङका शिक्षा अधिकारी मैनाली, जो बिद्यार्थीसंग एक दमै नजिक हुनुहुन्छ । बिद्यार्थीले मैनालीलाई आफ्नै अभिभावक जस्तै मानेका हुन्छन् । शिक्षा अधिकारी मैनालीको काखमा गएर ती बिद्यार्थीहरु बस्ने गर्छन्, कुनै लाज, धक नमानेर कुराकानी गर्न सक्छन् । मैनाली त्यहाँ पुग्दा केही नयाँ कुरा पाईन्छ की भन्ने आशाबादी बनेका थिए त्यहाँका बिद्यार्थीहरु । खुसीले हर्षबिभोर बनेको उनीहरुका अनुहारले प्रष्ट देखाउथ्यो । त्यस लगतै बिद्यालयमा औपचारीक कार्यक्रम भयो ।

                      दुई जना बिशिष्ट अतिथिले मन्तब्य ब्यक्त गरि सकेपछि शैक्षिक सामग्री तथा बिद्यार्थीहरुलाई पोषाक बितरण गरियो । शैक्षिक सामाग्री र पोशाक पाएपछि बालबालिकामा खुसीको सिमा नै थिएन, जुन कुरा उनीहरुको अनुहारले प्रष्ट व्यक्त गरेको थियो । ती बालबालिकाहरुलाई खुसी पार्न समाजसेवी तथा नेपाल संस्कृत विश्व बिद्यालय बिजौरी अन्तरगत जनता बिद्यापीठका भौतिक शास्त्र बिषयका उपप्रध्यापक दुर्गा बहादुर केसीको भूमिका थियो । उनले नै त्यहाँ अध्ययनरत बाल बिकास, नर्सरी, कक्षा १ र २ का बिद्यार्थीहरुलाई पोषाक, झोला, कपी, कलमलगायतका शैक्षिक सामाग्री प्रदान गरेका थिए । गोर्खा माबि तुलसीपुरका निमित्त कार्यकारी अधिकृत समेत रहेका केसीले गरिबिकै कारण करण कोही बालबालिका शिक्षाबाट बञ्चित नहोस भनी बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री बितरण गरेको बताए ।

                      ‘मैले पनि सानो हुँदा रुकुम पढेको हुँ’ उनले बिद्यार्थीको बाल्यकाल सम्झदै भने ‘कपी र कलम किन्न नसक्ने अबस्था भयो भने बिद्यार्थीको पढाई बिग्रिन्छ, त्यसैले उनीहरुको शुन्दर भबिष्यको लागि सानो सहयोग गरेको हुँ ।’ उनले अझै यस्तै अन्य सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए । उनले यस्तो प्रतिबद्धता जनाई रहदा त्यहाँका बालबालिका तथा अभिभाबकहरुले पनि सहयोगको अपेक्षा गरेका थिए । आर्थिक अबस्था कजजोर रहेका, तथा शैक्षिक सामग्री किन्न समेत धौ–धौ हुने बालबालिकालाई अन्य संघसंस्था तथा व्यक्तिहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

                     बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पुष्पा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले केसी जस्तै सहयोगी दाताहरुले गर्दा एक पटक बन्द भएको बिद्यालयलाई पुनः सञ्चालनमा ल्याउन सफल भएको बताए । उनले दुर्गा बहादुर केसी जस्तै धेरै संघसंस्था तथा व्यक्तिहरुको सहयोगले गर्दा उक्त बिद्यालयको नतिजा पनि अन्य बिद्यालयको तुलनामा राम्रो आउन सफल भएको पनि बताए । सहयोगीदाताको सहयोगले नै त्यहाँका बिद्यार्थीहरुको पढाईमा कुनै समस्या नआएको उनले बताए । त्यहाँ गरिब परिवारको बाक्लै बस्ति रहेकाले पोषाक किताव, कपी समेत किन्न धौ धौ भईरहेको अबस्थामा बिभिन्न संघसंस्था गर्ने सहयोगले पढाईमा सहज भएको पनि बताए ।

                   अबको केही महिनामै उक्त बिद्यालयमा मल्टिमिडियाको माध्यमबाट पठन पाठनको समेत व्यबस्था मिलाउने तयारी भईरहेको शिक्षा अधिकारी मैनालीले बताए । उनले भने ‘त्यहाँका बिद्यार्थीहरुको पठन पाठन सहज बनाउन र सिकाई उपलब्धी पनि उच्च बनाउन मल्टिमिडियाको माध्यामबाट पठन पाठन गराउने व्यबस्था मिलाउन लागेका छौं ।’ उक्त बिद्यालयलाई मल्टिमिडिया माध्यामबाट पठन पाठन गराउनका लागि भखरै मात्रै १ लाख ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको बताए ।

                   साथै उनले बिद्यालयमा खाजा कार्यक्रमको पनि व्यबस्था गरिदिएको बताए । उनका अनुसार ४४ जना बिद्यार्थीको उक्त बिद्यालयका बिद्यार्थीलाई खाजाका लागि दैनिक १५ रुपैयाँ उपलब्ध गराएको बताए । एक पटक बन्द भईसकेको बिद्यालयलाई स्थापित गरेर देखाउने त्यहाँका अभिभाबको आशा रहेकाले आफुहरुले त्यसमा सक्दो सहयोग गरेको शिक्षा अधिकारी मैनालीको भनाई थियो । अहिले आफूले मासिक १ हजार रुपैयाँ व्यक्तिगत रुपमा बिद्यालयलाई सहयोग गरेको समेत बताए । त्यस अबशरमा बिशिष्ट अतिथि मानबअधिकारकर्मी प्रमोद न्यौपानले बिद्यार्थीहरुको पठन पाठनका लागि सहज बनाउन यस्ता सहयोग निरन्तर हुनुपर्ने बताए ।

                 बिद्यार्थीहरुको उज्ज्वल भबिष्यका लागि दुर्गा बहादुर केसीले जस्तै अन्य संघसंस्थाहरुले पनि गर्नुपर्ने बताए । आफूले पनि यस अघि एम्नेष्टी ईन्टरनेश्नल, गणेशबहादुर पाण्डे, मन्थरा पाण्डे स्मृति पुरस्कार पनि उक्त बिद्यालयलाई प्रदान गरेको बताए । त्यहाँका बिद्यार्थीहरुकालागि पोशाकलगायत शैक्षिक सामग्री प्रदान गरेको भन्दै आउदा दिनमा पनि यस्तै सहयोग जारी राख्ने राख्ने बताए ।

                 साथै सहयोगका लागि अन्य निकायमा पनि पहल थाल्ने प्रतिबद्धता समेत जनाए । त्यस अबशरमा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पुष्पा चौधरीले बिभिन्न निकाय तथा व्यक्तित्वहरुबाट सहयोग भएमा उक्त बिद्यालयलाई नमुना बनाएरै देखाउने प्रतिबद्धता जनाईन् । उनले भनिन् ‘हामीलाई हजुरहरुको निरन्तर सहयोग भयो भने हामी बिद्यालयलाई नमुना बनाएरै देखाउछौं ।’ बिद्यार्थी अभाब भएपछि बिगत डेढ बर्ष अघि उक्त बिद्यालय बन्द हुने अबस्था थियो ।

                   त्यस आसपासमा अन्य बिद्यालय नहुँदा त्यहाँका बालबालिकाको पढाई बञ्चित हुने अबस्था देखिएपछि पुनः सञ्चालनमा ल्याउन पहल थालिएको हो । उक्त बिद्यालयलाई सञ्चालनमा ल्याउन बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था एबं अभिभावकहरुले बिशेष भूमिका निर्बाह गरेका थिए । यस अघि उक्त बिद्यालयमा एम्नेष्टी ईन्टरनेश्नल र गणेशबहादुर पाण्डे, मन्थरा पाण्डे पुरस्कारकोषबाट शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको थियो ।

                कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानध्यापक छमा सुबेदीले गरेकी थिईन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्