गुनगुन’को ‘काजु किसमिस’ रिलिज



काठमाडौं : कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ’गुनगुन’मा समावेश आइटम गीत सार्वजनिक भएको छ। फिल्मको प्रचारप्रसारको सुरुवातस्वरूप निर्माण युनिटले फिल्मको आइटम गीत रिलिज गरेको हो। सार्वजनिक ‘काजु किसमिस’ बोलको गीतमा कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको छ भने गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन्। रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा चन्दा दाहालले आइटम नृत्य प्रस्तुत गरेकी छिन्। पुकार भट्टराईको निर्देशनमा तयार फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय रहेको छ। ‘प्रथाना फिल्मस्’को प्रस्तुतीमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्