समाचार

उपचारका लागि सभापति देउवा सिंगापुर प्रस्थान

By थाहा अनलाइन

August 08, 2018

काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी डा आरजु राणा देउवा पनि त्यसतर्फ प्रस्थान गरेकी छन् ।

स्रोतका अनुसार देउवा पेटको उपचार गर्न सिंगापुर गएका हुन् । उनको सिंगापुर बसाइ कति हुने भन्ने टुंगो लागेको छैन । त्यो उपचारको समयले निर्धारण गर्ने बताइएको छ ।

स्रोतको अनुसार उनको उपचार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतामा हुनेछ ।

देउवा सिंगापुर जाने भएपछि आज बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित गरिएको छ ।