घोराहीमा वडा ७ नम्बर वडामा आज देखी सुरु



 

घोराही, २३ । साउन घोराही उपमहानगरपालिकाले वडा स्तरबाटै कर संकलन गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ । यस अघि वडा नम्बर १० बाट कर संकलन थालेको उपमहानगरले बुधबार देखी वडा नम्बर ७ बाट पनि कर संकलनको सुरुवात गरेको हो ।

वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले सेवाग्राही बन्धु चौधरीलाई कर तिरेको रसिद दिएर वडाबाटै कर संकलनको सुरुवात गर्नुभएको हो ।

 

नगर प्रमुख चौधरीले बन्धु सहित लक्ष्मी केसी र लालमणि न्यौपानेलाई एकीकृत सम्पत्ती करको रसिद दिनुभयो । यस अघि एकीकृत सम्पत्ती र मालपोतको कर तिर्न वडा नम्बर ७ बासीहरु घोराही कार्यालयमा आउनु पर्ने बाध्यता थियो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले कम्प्युटर प्रणालीबाट कर संकलन हुने हुदा सेवा सुरक्षित, चुस्त र छिटो छरितो हुने बताउनुभयो । घोराही उपमहानगरपालिकाले अब यसै बर्ष १९ नम्बर वडा बाहेक अन्य सबै वडाहरुबाटै कर संकलन गर्ने र नगरबासीलाई सुबिधा दिने जानकारी दिनुभयो । समय मै कर बुझाउनेलाई छुट समेत रहेको उहाँको भनाई छ ।

कार्यक्रममा कर तिरेपछि लालमणी न्यौपानेले वडामै कर तिर्न पाउदा पैसाको खर्च र समयको बचत भएको बताउनुभयो । वडा अध्यक्ष खोपीराम चौधरीले नागरिकहरुलाई कर तिर्न अब घोराही जानु नपर्ने र छिट्टै व्यक्तिगत घटना दर्तालाई पनि कम्प्युटर प्रणालीमा लैजाने बताउनुभयो ।

वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो । वडा नम्बर ७ मा १६ सय १६ घरधुरी र ८ हजार १ सय ६६ जनसंख्या रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्