दाङमा प्याराग्लाईडिङको परीक्षण सफल, व्यवसायिक रुपमा भने अझै अन्योल



दाङ २९ असार । केहि वर्ष पहिले दाङको सवारीकोटबाट दङगाली आकाशमा प्याराग्लाईडीङ उडाईरहेको दृष्य देख्दा धेरै दाङवासी अचम्मीत भएका थिए । यस भन्दा पहिले पनि सोही ठाउँबाट प्याराग्लाईडिङको उडान भएको थियो ।
साविक लक्ष्मीपुर–५ सवारीकोटकै मिना बुढा मगर पनि आफ्नो गाउँबाट पनि मान्छे उडेको देख्दा दंग हुनुभएको थियो । खै मैले त यस्तो कहिल्यै पनि देखेको थिएन, मान्छे पनि आकाशमा उड्ने रहेछन्–आश्चर्य मान्दै मिनाले भन्नुभयो ।’ आफ्नै ठाउँमा यस्तो सम्भावना भएको देखेर सवारीकोटका यामबहादुर बुढा मगर पनि दंग हुनुभएको थियो । लक्ष्मीपुरको सवारीकोटमा परिक्षण उडानको रुपमा ६ जना प्याराग्लाईडिङ पाईलटहरुले प्यारासुटबाट आकाशमा उडे । नेपाल हवाई खेलकुद संस्था ल्भ्ब् पोखराबाट आएका प्याराग्लाईडिङ पाईलटहरुले परिक्षण उडानको रुपमा प्याराग्लाईडिङ गरेका हुन् । परिक्षणका लागि गरिएको उक्त उडान सफल भएको थियो । तर व्यवसायिक रुपमा भने दाङमा यसले सफलता पाउन सकेन ।
सवारीकोटबाट गरिएको उडान रामपुर गाविसमा गएर ल्याण्डिङ गरिएको थियो । यो उडानले नेपालको सिमित पर्यटकिय क्षेत्रमा मात्र संभावना रहेको प्याराग्लाइडिङ दाङमा पनि हुन सक्ने देखाएको छ । दाङको आकासमा प्याराग्लाइडिङ परिक्षण फ्लाइट गरे पछि यसको राम्रो संभावना देखिएको पाईलटहरुले बताएका छन् । खेलकुद पर्यटन प्रवर्धनको संम्भाव्यता अध्ययनमा नेपालका मुख्य–मुख्य क्षेत्रहरुको यात्रामा हिडेका नेपाल बायु खेलकुद संस्थाका ६ जना पाइलटहरुले दाङको साविक लक्ष्मीपुर ५ स्थित सवारीकोट डाडाबाट २ घण्टा प्याराग्लाइडिङ फ्लाइट गरेका हुन ।
समुद्र सतहदेखि १३ सय ५० मिटर उचाईमा रहेको सवारीकोटमा प्याराग्लाइडिङ फ्लाइटको सफल परिक्षण भएपछि पश्चिम नेपालको दाङमा प्याराग्लाइडिङ खेलकुद पर्यटन प्रवर्धन गर्न सकिने संभावना वढेको छ ।
पाईलटहरु योगेश भट्टराई, श्री क्षेत्री, अनिल गुरुङ, सुनिल भट्टराई, सरोज भट्टराई र रक्की तुलाचनले परिक्षण उडान गर्नुभएको थियो । दिनको करिब १२ बजेतिर गरिएको उडान करिब २ घण्टापछि रामपुर गाविसमा ल्याण्डिङ गरिएको थियो ।
दाङको आकासमा भइरहेको प्याराग्लाइडिङ फ्लाइटलाई धेरै दाङबासीले उत्साहजनक तरिकाले अवलोकन गरेका थिए । लक्ष्मीपुर–५ का स्थानिय बासीन्दाहरुका अनुसार २०४२ साल पुष १७ गते पनि सोही स्थानबाट २ जर्मनीले एक पटक प्याराग्लाइडिङ फ्लाइट गरेका थिए ।
दाङ, घोराहीका स्थानिय व्यवसायि निरञ्जन श्रेष्ठ ९विवेक ईन्टरप्राईजेजका० र पर्यटन विकास समिति दाङको संयोजनमा उक्त फ्लाईट गरिएको हो ।
सफल परीक्षण गरिए पनि यसले व्यवसायिक रुप नलिदा उत्साहित बनेका दाङवासी निरास बनेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्