काठमाण्डौ।
बुधबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले बर्षे धानको मूल्य तोकेको छ। आर्थिक बर्ष २०७५–७६ का लागि बर्षे धानको न्युनतम समर्थन मूल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा प्रतिक्वीन्टल कायम गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
त्यसैगरी सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गरेर पोखरा महानगरपालिका मात्रै कायम गरेको छ।
बैठकले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लाई संसोधन गर्न बनेको विधेयक, आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षा सम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ।
बैठकले प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाल र प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गर्दै तीर्थराज ढकाललाई ५ नम्बर र आनन्दराज ढकाललाई प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेष्ठीमा कायमुकायम तोक्दै प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ। त्यसैगरी प्रदेश नम्बर ३ को प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ। नेपाल लेखा परीक्षण सेवाको विशिष्ठ श्रेष्ठीमा राम माया कुँवरलाई बढुवा गर्ने निर्णय पनि भएको छ।
सरकारले साविकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य अबदेखि सम्बन्धित गाउँ, नगर, उपमहानगर वा महानगरपालिकाहरुको वडा कार्यलयहरुबाट उपलब्ध गराउने निर्णय पनि गरेको छ। दैकिन पाना

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।