समाचार

फोहोर पानी पिउन बाध्य गन्धर्व समुदाय

By थाहा अनलाइन

August 09, 2018

 

दिपक बोहरा, तुलसीपुर २४ साउन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रक्षाचौरको गन्धर्व समुदाय फोहर पानी पिउन बाध्य छन् । ऐलानी बस्तिमा बसोबास गर्दै आएको भन्दै खानेपानी संस्थाले पनि गन्धर्व समुदायलाई खानेपानीको उचित ब्यबस्थापन गरेको नगरेको उनीहरुको गुनासो छ । उचित खानेपानीको ब्यबस्था नहुँदा फोहरपानी पिउन बाध्य भएको गन्धर्व अगुवा सुशिल दुखी गन्धर्वले बताए । उनका अनुसार नजिकै रक्षाचौरमा ओभरहेड ट्याङकी छ । त्यही ट्याङ्की पुरा भएर पोखिएको पानी प्रयोग गर्न बाध्य रहेको उनको गुनासो छ । ‘ हामीलाई खानेपानीको पनि समस्या छ’ उनले भने‘ अहिले रक्षाचौरमा रहेको ओभरहेट ट्याङ्कीबाट भरिएर पोखिएको पानी खान बाध्य छौं ।’

हरेक क्षेत्रबाट उत्पीडित हुँदै आएको गन्धर्व समुदायलाई स्वाच्छ खानेपानी उपभोग गर्न पाउने अधिबारमा विभेद गरिएको उनको गुनासो छ । नेपालको संबिधानमा कुनै पनि नागरिक स्वच्छ खानेपानीबाट बञ्चित हुन नुहुने भनिएको भएपनि आफुहरुलाई स्वच्छ खानेपानीबाट बञ्चित गरिएको उनको गुनासो थियो । ‘नेपालको संबिधानमै स्वच्छ खानेपानीबाट कुनै पनि नेपालीलाई बञ्चित नगरिने उल्लेख छ’ उनले भने‘ तर प्रयाप्त खानेपानी हुँदा हुँदै पनि हामीलाई खानेपानी दिईएको छैन् ।’

करिब दुई सय ५० बढि बस्ति रहेको उक्त गन्धर्व समुदायमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । तर त्यो ट्याङ्कीमा पानी नदिने गरेको स्थानीय गन्धर्व समुदायका अजय गन्धर्वले बताए । ‘खानेपानीका लागि ट्याङ्की निर्माण त गरिएको छ ’ उनले भने‘तर यो ट्याङ्कीमा पानी आउदैनन् ।’ जसले गर्दा आफुहरु बर्षादको समयमा आकासको फोहोर पानी खान बाध्य रहेको उनको गुनासो थियो ।

पटक पटक तुलसीपुर उपमहानगरपालिकाका प्रमुख र तुलसीपुर खानेपानीका अध्यक्षले गन्धर्व बस्तिमा गएर खानेपानीको समस्या समाधान गरिदिने आस्वासन दिएपनि आफुहरुलाई स्वच्छ खानेपानी उपलब्ध नगराएको गन्धर्व अगुवा शुशिल गन्धर्वले बताए । ‘पटक पटक नगरपालिका र खानेपानीका अध्यक्ष आएर स्वच्छ खानेपानी उपलब्ध गराउने आस्वासन दिनुभएको हो’उनले भने‘अहिले सम्म खानेपानीको ब्यबस्था गरिदिन कुनै पहल थाल्नु भएको छैन् ।’

चुनाबको समयमा पनि बिभिन्न राजनीतिकदलले खानेपानी पु¥याउने आस्वासन दिएपनि पुरा नभएको उनको दुखेसो थियो । साथै पटक पटक तुलसीपुर खानेपानीमा जानकारी गराएको उनले बताए । दुषित पानी पिउदा बर्षादको समयमा बिभिन्न रोग लाग्न सक्ने उनले बताए । ‘यस अघि पनि दुषित पानी खाँदा बिभिन्न रोग लाग्ने गरेको थियो’उनले भने‘ कुनै पनि बेला बिरामी हुन सकिने उनले बताए ।’

उनले स्थानीय सरकार, खानेपानी संस्था तथा सबैमा सहज खानेपानी उपलब्ध गराईदिन माग समेत गरे । रक्षाचौरमा अहिले दुई सय ५० बढि गन्दर्भ समुदायको बसोबास रहेको छ ।

ऐलानी जग्गामा बसोबास गर्दै आएका गन्दर्भ समुदायले आफुलाई राज्यले बिभिन्न सेवासुबिधाबाट बञ्चित गर्ने गरेको गुनासो समेत गरे । ‘हामी ऐलानीमा बस्दै आएका छौं’ गन्दर्भ अगुवा शुशिलले भने‘ त्यसैले गर्दा पनि राज्यले बिभिन्न सेवासुबिधामा बञ्चित गर्ने गरेको छ ।’ गन्दर्भ समुदायको सुरक्षा र हक हितका लागि राज्य उदासिन रहेको गुनासो समेत गरे ।

गन्दर्भ समुदायको पेशालाई सुरक्षित गर्ने सन्दर्भमा समेत राज्यले कुनै कदम नचालेको उनको भनाई छ । नेपालको संस्कृतिसंग जोडिएको सारङ्गी बजाउने पेशा लोप हुने अबस्थामा रहेको भएपनि राज्यले यसलाई संरक्षणमा राख्न कुनै पहल नथालेको गुनासो गरे ।