अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी जनता क्याम्पस कमिटीले शुल्क वृद्धि खारेजीको माग राख्दै प्रशासनमा तालाबन्दी



दाङ साउन २५

जनता क्याम्पसमा तालाबन्दी अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी जनता क्याम्पस कमिटीले शुल्क वृद्धि खारेजीको माग राख्दै प्रशासनमा तालाबन्दी गरेको छ। मिति २०७५/०४/२४ एक विज्ञप्ति सार्वजनिक गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले लामो समय सम्म शुल्क वृद्धि विरोधमा धर्ना, ज्ञापन पत्र बुझाउने जस्ता रचनात्मक आन्दोलन गर्दा पनि विश्वविद्यालय तथा क्याम्पस प्रशासनले विद्यार्थीका मागलाई बेवास्ता गरेकाले विद्यार्थी संगठनले तालाबन्दी गर्न बाध्य भएको वताईएको छ। विद्यार्थीका रचनात्मक आन्दोलनलाई वेबस्ता गरि विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिलाई खारेज नगरिए अझ कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने समेत चेतावनी दिएका छन। विद्यार्थीहरुले पटक पटक यो विषयमा आन्दोलन गर्दै आएका थिए। तालाबन्दी को विज्ञप्तिमा अनेरास्ववियु जनता क्याम्पसका अध्यक्ष दिवश क्षेत्री र अनेरास्ववियु क्रान्तिकारीका जनता क्याम्पसका अध्यक्ष गणेश चोैधरी ले सयुक्त हस्ताक्षर गरेर तालाबन्दी गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्