युट्युब ट्रेन्डिङमा ‘भी टेन’देखि ‘अशोक दर्जी’सम्म (भिडियोसहित)



काठमाडौं, २३ साउन । युट्युब खोल्नेबितिक्कै धेरैका आँखा ट्रेन्डिङमा जान्छ । युट्युबको ट्रेन्डिङलाई मानेर कुन भिडियो कति चले भन्ने आमधारणा छ । भलै भिडियोका लोकप्रियताको मापक ट्रेन्डिङ नभए पनि यसले खास अर्थ भने राख्छ । त्यस्तै बुधबार युट्युबको नेपाल ट्रेन्डिङमा केही भिडियोहरु रहेका छन् । जसबारे हामी तल चर्चा गर्नेर्छौं :

ट्रेन्डिङको शीर्षस्थानमा भीटेनको कथा बोलको गीत रहेको छ । धर्मेन्द्र सेवानको फिचरिङ रहेका गीतलाई अहिलेसम्म ९ लाख ५६ हजार ९६५ पटक हेरिएको छ । हामीले यो रिपोर्ट तयार पार्दासम्म यस भिडियोले ६८ हजार लाइक पाएको छ भने लगभग १२ सय डिस्लाइक पाएको छ ।

त्यस्तै ट्रेन्डिङको दोस्रो नम्बरमा सीसीआर ट्युब नाम गरेको युट्युब च्यानलबाट अपलोड गरिएको बुगीउगीको फाइनल दृश्य रहेको भिडियो रहन सफल भएको छ । भिडियोले हालसम्म ४ लाख ८५ हजार १६४ भ्यूज पाएको छ । भिडियोलाई ६ हजारभन्दा बढीले मन पराएका छन् भने हजारभन्दा कमले मात्र डिस्लाइक गरेका छन् ।

युट्युबको तेस्रो स्थानमा अशोक दर्जीको गीत झिलामा फुलु रहेको छ । मञ्जुल मितेरीको शब्द तथा संगीत रहेको गीतमा स्माइल धिमालको फिचरिङ रहेको छ । गीतलाई ५ लाख ८४ हजार ४९९ पटक हेरिएको छ ।

चोथौ नम्बरमा इन्काउन्टरसम्बन्धी भिडियो सामग्रीले स्थान बनाएको छ । दिप क्रियशन नाम गरेको च्यानलबाट अपलोड भएको भिडियोले एक लाख ९३ हजार ९३४ भ्यूज पाएको छ ।

युट्युब ट्रेन्डिङकको पाँचौं स्थानमा दक्षिण भारतीय फिल्म भागमथिय रहन सफल भएको छ । एक करोड २९ लाख २६ हजार ३८१ पटक हेरिएको छ । यसले ८७ हजार लाइक पाएको छ भने १० हजार डिस्लाइक पाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्