शान्तिनगरका सबै वडामा बिपत ब्यबस्थापन समिति



 

तुलसीपुर २४ साउन ।

शान्तिनगर गाउँपालिकाले सबै वडामा बिपद ब्यबस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले गाउँपालिकाका ७ वटै वडामा बिपद ब्यबस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । बिपद जति बेला पनि आउन सक्ने भन्दै उक्त समितिले वडामा हुने बिपत न्यूनिकरण गर्न पहल थाल्ने छ । साथै बर्षादको समयमा हुने सक्ने सम्भाबित क्षतिलाई न्यूनिकरण गर्न पनि बिपद ब्यबस्थापन समितिले भूमिका निर्बाह गर्ने छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीकोअ अध्यक्षतामा बैठक बसेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्