हरेक दिन तीनजना बलात्कृत ,चार वर्षमा कति महिला बलात्कृत भए त हेर्नुहोस?



हरेक दिन तीनजना बलात्कृत
काठमाण्डौ ।
नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन् ।

चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन् । १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जनामाथि बलात्कार भएको छ । चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्षमाथिका छन् ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बलात्कारका घटना प्रत्येक वर्ष बढ्दै गएको बताए । ‘चार वर्षयताको तथ्यांक हेर्दा बलात्कारका घटना बढेकोबढ्यै देखिन्छ । यस अवधिमा चार हजारभन्दा धेरै पीडित भएका छन्,’ एसएसपी थापाले भने ।

३६ महिनमा साढे १५ सयमाथि बलात्कार प्रयास
गएको ३६ महिनामा मुलुकभर एक हजार पाँच सय ५० महिला तथा बालिकामाथि बलात्कारको प्रयास भएको छ । अर्थात् मुलुकभर प्रत्येक दिन झन्डै दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको तथ्यांकले देखाउँछ । यो संख्या प्रत्येक वर्ष झन्डै १६ प्रतिशतले बढेको देखिन्छ । पीडित अधिकांश बालिका नै छ ।

प्रहरी प्रवक्ता डिआइजी नेउपानले भने, ‘घटना विश्लेषण गर्दा अधिकांश घटनामा बालिकामाथि बलात्कारको प्रयास भएको देखिन्छ । त्यसपछि किशोरी निसानामा पर्ने गरेको देखिन्छ । यो संख्या प्रत्येक वर्ष बढ्ने गरेको छ ।’टेकराज थामी,नागरीक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्