लोककुमारी रिजालको दोश्रो स्मृति दिवस मनाईयो –पत्रकार पौडेल र बोहरा पुरस्कृत



दाङ २४ साउन । लोककुमारी रिजालको दोश्रो स्मृति दिवस घोराहीमा मनाईयोको छ । पत्रकार महासंघ , प्रेस सेन्टर र प्रेस चौतारी दाङ शाखाले घोराही संयुक्त कार्यक्रमको आयोजना गरी मनाएका रिजालको दोश्रो स्मृति दिवस मनाएका हुन । त्यस अबसरमा बोल्ने वक्ताहरुले समाज परिर्वतनको पक्षमा लोककुमारी रिजालको भुमिका महत्वपूर्ण भएको वताएका थिए ।

गरिव, शोषण र उत्पडिनका विरुद्ध लाग्न आफ्ना सन्तानलाई सधै प्रेरित गर्दै आएको भन्दै न्याय समानताका पक्षमा उहाँको योगदान उच्च रेहको वताएका थिए ।  स्मृति दिवसका अबसरमा वोल्दै प्रेस स्वतन्त्र सेनानी एवं पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुशिल गौतमले आमा लोककुमारी रिजालले हरेक दुःखको सामना गर्दै न्यायको पक्षमा लड्दै आउको वताउँनुभयो । प्रमुख अतिथी समेत रहनु भएका गौतमले लोक कुमारी जस्ता हजारौ शहिद परिवारका कारण देशमा परिर्वतन आएको वताउँनुभयो ।

समाजको पछिल्लो प्रबृति भ्रष्टिकरण तर्फ उन्मुख भएको वताउँदै कलमका माध्यम वाट यो प्रवृतिको विरोध गर्नु पर्ने वताउँनुभयो । त्यस अबसरमा बोल्दै पत्रकार महासंघका निर्वमान केन्द्रीय सदस्य एवं लोककुमारी रिजालका कान्छा छोरा अजयदीप शर्माले आमाले समाज परिर्वतनको बाटोमा लाग्न सधै प्रेरित गर्दै आएको वताउँनुभयो ।

सन्तानका लागि आमाले हजार दुःख संग समाना गर्ने वताउँदै आमा÷बा ले देखाएको बाटोमा लाग्ने मात्र उहाँको सपना साकार हुने बताउँनुभयो । प्रेस चौतारी दाङका अध्यक्ष जे।एन। सागरको स्वागत मन्व्यबाट सुरु भएको कार्यक्रममा पुरस्कार संथापक, अर्जुन रिजाल, पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतम, दुर्गालाल केसी, प्रेस सेन्टरका केन्द्रीय सदस्य पुरन शर्मा, चौतारीका सल्लहाकार संगित बस्याल लगाएतले बोल्नु भएको थियो

पौडेल र बोहरालाई पुरस्कृत
लोककुमारी पत्रकारिता पुरस्कार २०७५ पत्रकार गोकर्ण पौडेल र दिपक बोहरालाई प्रदान गरिन गरिएको छ । प्रेस सेन्टरमा स्थापित गरिएको लोककुमारी पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी दाङका साधारण सदस्य एवं पत्रकार महासंघ दाङका पूर्व सह–सचिव गोकर्ण पौडेल र पत्रकार महासंघ दाङ शाखामा स्थापित लोककुमारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य एवं राप्ती समाचार दैनिकमा कार्यरत पत्रकार दिपक बोहोरालाई प्रदान गरिएको हो ।

 

दुवै जनालाई नगद पाँच ÷पाँच हजार र प्रमाणपत्रले सम्मान गरिएको । दुवै जनालाई प्रमुख अतिथी सुसिल गौतमले टिका खादा लगाएर पुरस्कृत तथा सम्मान गर्नु भएको थियो । पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको अध्यक्षमा भएको कार्यक्रमको संचालन प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष प्रकाश चौधरीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्