समाज अस्पताल बन्दका कारण उपचार नपाउँदा बिरामीको मृत्यु



जाजरकोट : रुकुमको चौरजहारी अस्पतालमा उपचार नपाउँदा बिरामीको मृत्यु भएको हो। मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिक रहेका छन्।

दम बिरामी बिक उपचारका लागि चौरजहारी अस्पताल पुगेका थिए। पाँच दिनदेखि तनावग्रस्त अस्पतालमा उपचार नपाउँदा बिकको मृत्यु भएको उनका आफन्तले बताएका छन्।

गत आइतबार मिर्गौलाको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको मृत्यु भएको थियो। उनको मृत्युपछि पीडित पक्षले अस्पताकाले लापरवाहीले मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गर्दै शव जिम्मा नलिई आन्दोलन गरिरहेका छन्।  आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ। यशुदाको शव अस्पतालमै छ। समयमै शवको दाह संस्कार नहुँदा गन्हाउन थालेको छ। thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्