घर्तीको हत्याको विरुद्धमा मौन जुलुश



दाङ, असार ३० । तुलसीपुर उपमहानगरपालिका ५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका घोराही १२ कात्तिकेका २८ वर्षीय रणबहादुर घर्तीको हत्याको विरुद्धमा हिन्दु जागरण नेपालले शुक्रबार मौन जुलुस प्रर्दशन गरेको छ । घोराहीको ट्राफिक चोकबाट सुरु भएकोको मौन जुलुश नयाँ बजार, सेना व्यारेक, लखनपार्क, बालमन्दिर, दामोदर चोक , तुलसिपुर चोक हुदै जिल्ला प्रसाशन कार्यायमा पुगेर टुङ्गिएको हो । स्थानिय गाउँलेहरुको सहभागितामा जुलुस प्रर्दशन गरिएको थियो ।

त्यस अबसरमा हिन्दु जागरण नेपाल दाङका अध्यक्ष अध्यक्ष यामबहादुर भण्डारीले परिवारको उचित पालन व्यवस्था गर्नुपर्ने, छोरा छोरीको पठन पाठन व्यवस्था मिलाउनु पर्ने, परिवारलाई उचित क्षतिपूर्ती प्रदान नर्गदा सम्म निरन्तर आन्दोलनका कार्यक्रम जारी राख्ने वताउनुभयो । मृतक रणबहादुरका दाजु गणबहादुर घर्तीले भाईमाथी प्रहरी प्रशासनले समेत विभेद गरेको वताउनुभयो । उहाँले स्थानिय प्रशासनले धनी र गरिवलाई हेर्ने दृष्टीकोण फरक भउको वताउँदै आफुहरु अन्यायमा परेको वताउनुभयो । राजकुमारको शव ल्याउँदा सम्म मेरो भाईको कुनै खोज तलास भएन बरु उल्टै अपराधिक गिरोहमा संलग्न भएको भन्दै जवाफ दियो उहाँले भन्नुभयो । त्यसकारण प्रशासन बाट पनि धनी र गरिवलाई गर्ने व्यवहार फरक गरियो उहाँले भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्