गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका छन्। बिहिबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले निशानका अपहरणकारीमाथि भएको इन्काउण्टरबारे अनुसन्धान गर्ने बताएका हुन्।
गएको सोमबार प्रहरीको इन्काउन्टरमा परी सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो।
प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ।setopati

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।