निशान:अपहरणपछी हत्या गरिएका बालक निशान खडकाको आज अन्त्येष्टि,



काठमाडौँ । सोमबार अपहरणकारीबाट निर्मम हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रोजगारिको शिलसिलामा मलेसियामा रहेका बाबु गोपाल खडका बिहिबार फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो । दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बिहिबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् । गोपाल का एक्लो छोरा निशानको अपहरणकारिले अपहरण गरी हत्या गरेपछी उनि थप मर्माहत बनेका छन

निशानको सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए । निशानको हत्यापछि उनीहरु पनि भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए । त्रिवि शिक्षण अस्पतालबाट निशानको शब अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्