प्रेमको महत्व धेरै छ ,माया बस्यो सबिनको



प्रेमको महत्व धेरै छ । यसको परिभाषाहरु पनि अनेक छन् । आँखाबाट सुरु भएको प्रेमको यात्रा मनसम्म कसरी पुग्छ थाहै हुँदो रहेनछ । प्रेमका रुपहरु पनि अनेक छन् । हिँजो अरुको अङ्गालोमा बाँधिएर प्रेमको मिठो अनुभूति खोज्ने मेरा चाहनाहरु आज प्रणवसँगको निश्वार्थ साथीत्वबीचमा केन्द्रीत छ ।

म प्रणवसँगको भेट, बोलचाल, सहयोग आदानप्रदानमा प्रेमको नयाँ भाव खोजि रहेकी छु । प्रेम ओँठहरुको रसपानमा मात्र भेटिन्छ भन्ने मान्यता मेरो लागि परम्परागत, पुरानो र अवैज्ञानिक बनेकोछ ।

यदि शरीरसँगको सामिप्यताले प्रेम दिर्घजीवी हुन्थ्यो भने मेरो जिन्दगीबाट पहिलो प्रेम हराउने नै थिएन ।

न प्रणव व्यथित भएर छटपटाउने थिए । प्रणव सबै किसिमले अनुभवि थिए । उनको सुझबुझ, जिन्दगीलाई हेर्ने नजरिया अनि समयको महत्वका विषयमा उनी यतिसम्म गम्भीर थिएँकी मलाई पाइलापाइलामा जिन्दगीको महत्वका विषयमा सजग बनाउँथे । घरपरिवारप्रति उत्तरदायी बन्न अनुरोध गर्थे ।

आमाबाबा, मेरा इष्टमित्रहरुसँग मेरो व्यवहारका विषयमा समय पायोकी मलाई असल चेली बन्न भाषणा छाँट्थे । उनको अन्य सबै कुराहरु मलाई मन परेपनि मलाई घरपरिवारको सवालमा गम्भीर बन्नका लागि उनले गरेको खबरदारी भने सुरुसुरुमा मलाई पटक्कै मन परेको थिएन । तर उनका हरेक भनाइँहरुलाई जब मैले एकान्तमा बसेर केलाउन थाले त्यसपछि घरपरिवारको विषयमा गरिएको भाषण पनि वहुउपयोगी रहेको निष्कर्ष मैले निकाले । आजकाल उनले जे भने पनि मेरो लागि अमृत थियो ।

 

म पनि उनको हरेक गतिविधिको पारखी थिएँ । उनी पनि मैले जेभनेपनि मुस्कुराउँदै स्वागत गर्न लालायित बन्थे । कतिपय सवालमा मेरो मनमा उव्जिएका कुराहरु उनले मैले नभन्दै पुरा गरिदिन्थे । मलाई के खान मन छ, कस्तो लगाउन मनछ, कहाँ जान मन लागेको छ यावत कुराहरु व्यक्त नगर्दा पनि उनले पुरा गरिदिन्थे । न त उनी भगवान हुन् । न कथाहरुमा पढे जस्तै अलादिन वा फिलिममा हेरे जस्तै स्पाइडर म्यान ! तर उनलाई देखेर म तीनछक छु ।

मेरा हरेक चाहनाहरु उनले मेरा ओँठहरुमा नआउँदै पुरा गर्छन् । मलाई के खान मन लागेको छ ? कस्तो लगाउन मन लागेको छ ? म कहाँ जान खोजेको छु ? सबैसबै पुरा गर्छन् । उनीसँग कुनै अलौकिक शक्ति पनि छैन । उनी पनि आम मानव हुन् । तर मेरो लागि उनी भगवान, अलादिन अनि रियल हिरो हुन् भन्दा फरक पर्दैन । मलाई फोटो खिच्न अति नै मन पर्छ ।

उनीसँग यो विषयमा खासै कुरा भएको थिएन । उनले मेरो मनको कुरा बुझेसरी डिएसएलआर क्यामरा ल्याएर आएका रहेछन् । झोलाबाट निकाले । क्यामरा खोलभित्र थियो । मैले केहो ? भनेर प्रश्न गरे । उनले मुस्कुराउँदै क्यामरा हो ! तिम्रो फोटो खिच्नका लागि ल्याएको भन्दै खोलबाट क्यामरालाई मुक्त बनाए । मेरो मुहारमा उज्यालो छायो । उनी पनि मेरो खुशीमा मिसिए ।

क्यामराको पहिलो क्लिकपछि मैले यति धेरै फोटोहरु खिचेकी उनी मेरो पर्सनल क्यामराम्यान जस्तो अनेक पोजहरुको तस्बिर क्यामरामा कैद भयो । केही समयमा हामीले अर्डर गरेको खाजा आयो । मेरो लागि खाजा भन्दा पनि फोटो खिच्ने सवाल महत्वको विषय बनेको थियो । खाजा टेबुलमा हाँसि रहेको थियो, तर म अनेक तरहका पोजहरुमा उभिएर उनलाई फोटो खिचाउन तल्लिन थिए । उनी पनि मेरो गुलाम जस्तो मुहारमा मुस्कानको खेती गर्दै फोटोग्राफर बनेका थिए । केही समयपछि फोटो खिच्ने भोग हरायो । त्यसपछि धन्यवाद दिँदै म टेबुलमा आएर बसे । उनी पनि मेरो समिपमा मुस्कुराउँदै बसे । फोटो कस्तो आएको रहेछ भनेर हेर्न मन लागेको थियो तर भन्न सकिरहेकी थिएन ।

मेरो मनको कुरा बुझेसरी उनले नै फोटो हेर भन्दै क्यामरा मलाई दिए । आज सबै कुराले साथ दिएको थियो । म पनि चिरिच्याँट थिए, रेष्टुरेन्ट नयाँ भएकाले भित्ताहरुमा लगाइएको रङ्ग उज्यालो त्यो पनि फोटो खिच्दा राम्रो आउने खालको रहेछ । त्यसैमा डिएसएलआर क्यामरा भएकाले यति राम्रा तस्बिरहरु आएका रहेछन्की कतिबेला फोटोहरुले फेसबुक भरु जस्तो भएको थियो । म खुशीले फुरुङ्गीएकी थिए । तर मनको खुशी शव्दमा ओकल्न सकिरहेकी थिएन । उनी फेरि अलादिन बने । उनले मुस्कुराउँदै आफीस जानासाथ सबै फोटोहरु फेसबुकको म्यासेन्जरमा पठाइदिन्छु भनेर जानकारी गराए । उनको कुराले मनमा थप आनन्ददियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्