निशानको अन्त्येष्टिमा आँशु बगाउँदै आर्यघाट पुगे फोटो

मलेसियामा रहेका बाबु गणेश बिहिबार नै फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो ।
दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बिहिबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् ।
विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गणेश निकै भावविह्वल बनेका थिए । यस्तै निशानकी आमा चमेलीसहितका आफन्तपनि भावविह्वल बनेका थिए । भावविह्वल अवस्थामा रहेकी श्रीमतीलाई भेट्दा गणेश थप भावुक बन्दै श्रीमतीलाई सम्हाल्न समेत सकिरहेका थिएनन् ।
निशानको सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए । निशानको हत्यापछि उनीहरु पनि भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए ।
त्रिवि शिक्षण अस्पतालबाट निशानको शब अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।