साउदीमा ज्यान गुमाएकाका परिवारलाई २१ करोड



काठमाण्डौ।
साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् ।

साउदीस्थित नेपाली दुतावासले आव ०७४÷७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो ।

त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदुत प्रा। डा। महेन्द्रप्रसाद सिंहले जानकारी दिए ।नयाँ पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्