नेकपाको १३५ सदस्यीय कमिटी



पर्वत, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको ।

पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा ९एमाले०बाट ७२, नेकपा ९माओवादी केन्द्र०बाट ५८ तथा मनोनित पाँच सदस्य गरी कमिटीको टुंगो लगाएको हो । पार्टी एकता संयोजन समितिले साविक एमालेबाट ५५ प्रतिशत र साविक माओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहने गरी कमिटीको टुंगो लगाएको कार्यदलका सदस्य गोविन्द पहाडीले जानकारी दिनुभयो ।

“पाँच सदस्यको सहमतिका आधारमा टुंगो लगाइनेछ,” उहाँले भन्नुभयो । कमिटीका एक सय ३० जनाको नामावली आज सार्वजनिक गरिनेछ भने सहमतिका आधारमा पदाधिकारी टुंगो लगाइने बताइएको छ । सहमतिमा अध्यक्ष र सचिव टुंगो लगाउने प्रयास भइरहेको कार्यदलका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले बताउनुभयो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्