कपुरकोट गाउँपालिकाद्धारा २७ करोड ७ लाखको बजेट प्रस्तुत



सल्यान, ३० असार । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थीक वर्ष २०७४/ ७५ को निती तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । विशेष गरि मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाइ प्राथमिकतामा राखेर प्रथम गाउँसभा मार्फत बजेट एवम् निती, कार्यक्रम प्रस्तुत गरीएको छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितीका संयोजक तिला बुढा मगरले २७ करोड ७ लाख ११ हजार १ सय २० रुपैयाँ ३३ पैसा बराबरको बजेट प्रस्तुत गरिन् । जसमा सामाजिक विकास तर्फ ३ करोड ७ लाख ४३ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ८८ लाख ९० हजार, आर्थीक विकास तर्फ ६१ लख ५० हजार र वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ८५ लाख ८० हजार रुपैया रहेको छ ।गाउँपालिकाभित्रका विभिन्न बजारमा नगर प्रहरीको व्यवस्था गर्ने, जग्गा प्लटिङलाइ व्यवस्थीत गर्ने, आन्तरिक आम्दानीलाइ बढाउने तथा एकिकृत सम्पत्ती कर लागू गर्ने जस्ता निती तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरिएको छ ।वर्षको दुइ पटक आमाको मुख हेर्ने र वाबुको मुख हेर्ने दिनमा ७५ वर्षमाथीका जेष्ठ नागरिकलाइ सम्मान गर्ने, सुत्केरि महिलालाइ न्यानो झोला वितरण गर्ने जस्ता कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले बनाएको छ ।

dav

गाउँसभामा संक्षिप्त भनाइ राख्दै गाउँपालिका अध्यक्ष सेनले न्युन वर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमहरुलाइ प्राथमिकतामा राखिएको जनाए । सम्भावना र चुनौतीहरु पनि त्यत्तिकै रहेको कपुरकोट गाउँपालिकालाई नमुना बनाउन बजेटको कार्यान्वयन, आर्थिक चुवावट नियन्त्रण, जनताको सहभागिता तथा वडास्तरबाट योजना अनुसारको प्रगती हुनुपर्नेमा उनले जोड दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्