यी ठाउँमा हुँदैछ भारी वर्षा, सतर्क रहन विभागको आग्रह



काठमाडौं । आज दिउँसो पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशको पूर्वी तथा मध्य भागका केही स्थान र विशेषगरी पश्चिमी पहाडमा अति भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो र राति देशभर धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानमा, पूर्व र मध्यका एक–दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।

यसैगरी आइतबार पनि देशभर सामान्यदेखी पूर्ण बदली भई दिउँसो केही स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पश्चिमका केही स्थानमा स्थानमा भारी बर्षाको सम्भावना छ । आइतबार राति पनि देशभर हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । आइतबार राति पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज बेलुकी कन्काई, तमोर, सुनकोसी, अरुण, महकाली, कर्णाली, पश्चिम सेती, मस्र्याङ्दी, चमेलिया लगायतका नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्