शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुने



तुलसिपुर २५ साउन।
भोली शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार शनिबार विहान ७ वजेदेखी बेलुका ५ वजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।तुलसीपुर वितरण केन्द्र मार्फत वितरण हुने तुलसीपुर क्षेत्र सहित सल्यान र रुकुममा समेत दिनभर विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

केन्द्रको सबस्टेशन स्वीच याडमा ग्यान्ट्री स्ट्रीक्चर मर्मत गर्नुपर्र्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो । साथै प्राधिकरणले तोेकेको समय भन्दा अगाबै काम सम्पन्न भएमा सेवा सुचारु हुने पनि जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्