बालकको अपहरण गर्नेलाई इन्काउन्टरमै मारिएको हो’ – गृहमन्त्री



चितवन – गृहमन्त्री राम बहादुर थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको बताउनु भएको छ  ।

शुक्रबार बिहान भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको पनि दाबी समेत गर्नुभयो ।

उहाँले अहिले इन्काउन्टर फेक भनेर हल्ला चलिरहेकोले हल्लाको पछि नलाग्नसमेत आग्रह गर्नुभयो ।
गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधि भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण पनि दिनु भएको छ ।

ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोही पनि कार्वाही गर्ने चेतावनी पनि दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्