अदालतको अनौठो आदेश -भुपु मायालुको प्रसंसामा १४४ वाक्य लेख्ननु



आफूले विगतमा गरेका गलत फैसलालगायतका कारणले एकजना न्यायाधीशले मुखमै आएको प्रधानन्यायाधीश पद खुस्किएको घटना सेलाएको छैन । तर उटपट्याङ्ग फैसला गर्ने सवालमा चाहिँ अमेरिकी न्यायाधीशहरु तीन कदम अगाडि रहेछन् ।

अमेरिकाको होनोलुलुस्थित एक अदालतले त्यहाँका एक युवकलाई महिलामाथि गरेको दुव्र्यवहारको सजाय स्वरुप आफ्नी पूर्व प्रेमिकाको प्रसंसामा १ सय ४४ वाक्य लेख्न आदेश दिएको छ । अझ अनौठो त के भने १ सय ४४ मा हरेक वाक्य नयाँ हुनुपर्नेछ र कुरा दोहोराउन पाइने छैन ।

यस्तो सजाय पाउने युवकको नाम डारेन यंग हो । यंगले आफूलाई अपशब्द बोलेर दुव्र्यवहार गरेको, १ सय ४४ वटा मेसेज पठाएर तथा फोनसमेत गरेर दुःख दिएको भन्दै उनकी पूर्व प्रेमिकाले अदालतमा मुद्दा हालेपछि अदालतले यस्तो फैसला गरेको हो ।

३० वर्षे यंगलाई अदालतले यसअघि उनकी पूर्व प्रेमिकासँग कुनै पनि प्रकारको सम्पर्क गर्ने कोसिस नगर्न आदेश दिएको थियो । तर उनले अदालतको त्यो आदेशको पालना गरेनन् । एकदिन त उनले ३ घण्टाको बीचमा १ सय ४४ पटक फोनकल तथा मेसेज पठाए । दिक्क भएकी पूर्व प्रेमिकाले यंग विरुद्ध अदालतको अपहेलनामा मुद्दा हालिन् ।

अदालतको अवहेलना मुद्दामा न्यायाधीश कडा रुपमा प्रस्तुत भई यंग विरुद्ध १ सय ५७ दिनको जेल र २४ सय डलर जरिवानाको फैसला गरे । यत्तिले मात्र न्यायाधीशको रिस मरेन । उनले यंगको नाममा आदेश जारी गर्दै पूर्व प्रेमिकाको प्रसंसामा १ सय ४४ वाक्य लेख्नुपर्ने फैसला समेत गरे । अदालतको यो फैसला सोसल मिडियामा निकै भाइरल बनेको छ ।

एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्