रणनीतिमा चुक्यो प्रहरी’



काठमाडौं । निशान खड्का अपहरणमा परेको सूचना पाउनेबित्तिकै प्रहरीका दुई निकाय महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले काँडाघारी पुगेर अनुसन्धान थाले। निशानकी आमा चमेलीको चित्कार एउटै थियो, ‘मेरो बाबु तिमी कहाँ छौ रु ’ प्रहरीमा सवा नौ बजे मात्रै निशान अपहरणमा परेको र फिरौती मागेको सूचना पुगेको थियो।

तत्कालीन अवस्थामा चमेलीलाई गोप्य ठाउँमा लगेर संयमसाथ सम्झाइबुझाइ गर्ने र अपहरणकारीले गरेका फिरौती सन्देशबारे सोधपुछ गर्नुपथ्र्यो। तर आइतबार राति त्यो भएन। एकै पटक हुलुका हुल प्रहरी काँडाघारी क्षेत्रमा परिचालन गरियो।

सुरक्षा विज्ञहरूका अनुसार संवेदनशील घटनामा अपरेसन चलाउँदा अति गोप्य रूपमा प्रहरी परिचालन हुनुपर्ने समान्य सिद्धान्तसमेत पालना नभएको देखिन्छ। अपहरणकारीसँग चमेलीलाई नै फिरौतीको ‘बार्गेनिङ’ गर्न लगाएर प्रहरीले गोप्य रूपमा ‘कोर्भट अपरेसन’ चलाउनुपर्नेमा छ्यापछ्याप्ती प्रहरी परिचालन गर्दा अपहरणकारी तर्सिएर प्रमाण लुकाउन निशानको हत्या गर्न पुगेको विज्ञको बुझाइ छ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० राजेन्द्र सिंह भण्डारीले निशान अपहरणको घटनामा रणनीतिक अपरेसनमा प्रहरी चुकेको बताए। त्यस्ता घटनामा पहिला जिम्मेवार प्रहरी अधिकारी पुगेर सत्यतथ्य पत्ता लगाएर पीडित परिवारलाई हुलबाट बाहिर निकाली अपहरणकारीसँगै वार्ता गर्न लगाएर बार्गेनिङ गर्नुपर्ने भण्डारीको भनाइ छ। ‘यो घटनामा सुरुमै रणनीतिक अपरेसनमा प्रहरी चुकेको छ’, उनले भने, ‘संवेदनशील घटनामा एकै पटक प्रहरीको फौज तैनाथ गर्दा त्यसले उल्टो प्रतिक्रिया दिन्छ भन्ने विषयमा प्रहरी चुकेको देखियो।’ प्रहरी संगठन स्रोतसाधनयुक्त नभएका कारण छिट्टै निर्णय गरेर अपरेसन चलाउँदा त्यो पूर्ण नहुने र गलत रिजल्ट आउने गरेको विभिन्न घटनाक्रमले देखाएको उनको भनाइ छ।

इन्काउन्टर पछाडिका पर्दा

निशानको अपहरणपछि हत्याको आरोप लागेका गोपाल तामाङ र अजय तामाङलाई इन्काउन्टरको संज्ञा दिएर जंगलमा पु¥याई मारियो। घटनास्थलमा खटिएका प्रहरीले दोहोरो मुठभेड हुन लागेपछि नैै इन्काउन्टर भएको दाबी गरेका छन्।

तामाङद्वय डेरा गरी बस्ने घरका छिमेकीले भने उनीहरूलाई प्रहरीले घरबाटै उठाएर लगेको प्रतिक्रिया दिएका छन्। तर घरबाटै उठाएर लगेको प्रमाण कहीँ भेटिँदैन। प्रत्यक्षदर्शीलाई प्रमाण मान्ने हो भने प्रहरीको यो इन्कान्उटर गैरन्यायिक हत्या मानिनेछ।

प्रहरीले भनेजस्तै दोहोरो मुठभेड हुन लागेपछि आत्मरक्षाका लागि गोली चलाउँदा तामाङद्वय मारिएका हुन् भने पनि मानवअधिकार रक्षाका हेतुले त्यो न्यायिक मानिँदैन। तामाङद्वयलाई नियन्त्रणमा लिने प्रयास नगरी मार्नैपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न गम्भीर बनेको सरोकारवालको भनाइ छ।

‘गोपाल र अजयलाई कल लोकेसनकै आधारमा पाइलट बाबा आ श्रम जाने जंगलको बाटोमा देखिएपछि प्रहरीमाथि पेस्तोल तेस्र्याएका कारण मुठभेडमा उनीहरू मारिएका हुन्’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘प्रहरीको नियत उनीहरूलाई जबर्जस्ती मार्नु थिएन।’पूर्वएआईजी भण्डारीले निशानलाई अपहरणमुक्त गर्न र अपहरणकारीलाई सकुशल नियन्त्रणमा लिन नसकेपछि प्रहरीले ‘पब्लिक सेन्टिमेन्ट’का लागि तामाङद्वयलाई मुठभेडमा मारेको हुन सक्ने उनले बताए। तर कानुनको कार्यान्वयन र विधिको शासनसँगै मानवअधिकारको रक्षा गर्ने शपथ लिएका सुरक्षाकर्मीले बल प्रयोगका अन्तिम अ श्र प्रयोग गर्दा गैरन्यायिक हत्यालाई प्र श्रय दिनु नहुने भण्डारीको धारणा छ।

‘हामीले पश्चिमाञ्चलमा हुँदा भगत सिंहलाई समात्यौं। २३ जनाभन्दा बढी व्यक्तिको हत्या आरोप थियो, उनीमाथि। हामीले उनलाई केही गरेनौं,’ भण्डारीले भने, ‘आम धारणाका पछि लगेर गैरन्यायिक हत्याले प्रहरीलाई झन् कमजोर बनाउँछ।’

सेवाप्रदायकको भूमिका गौण

पछिल्ला दिनमा प्रहरीले अधिकांश अभियुक्त पक्राउ गर्न फोन लोकेसनलाई आधार मान्दै आएको छ। प्रहरीको ठूलो हतियार नै अभियुक्त वा आरोपीको ‘लोकेसन ट्र्याक’ गर्नु हो। तर अहिले प्रहरीलाई कुनै व्यक्तिको कल डिटेल र लोकेसन हेर्न पहिला अदालतको स्वीकृति लिनुपर्छ।

निशान अपहरण भएको जानकारी प्रहरीमा आउनेबित्तिकै चमेलीलाई आएको कलको लोकेसन समयमै प्राप्त नभएका कारण पनि प्रहरी अलमलमा परेको देखिन्छ। अदालत र सेवाप्रदायक संस्थाले बिहान १० देखि साँझ पाँच बजेभित्र मात्रै लोकेसन दिने हुँदा राति भएका यस्ता गम्भीर घटनाको अनुसन्धान गर्न अप्ठ्यारो रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

समयमै लोकेसन ट्र्याक नहुँदा निशानको हत्यादेखि शव पुरिसक्दा पनि प्रहरीले अपहरणकारी ‘लोकेट’ गर्न नसकेको घटनास्थलमा खटिएका प्रहरी बताउँछन्। ‘प्रहरी मात्रै जिम्मेवार भएर भएन। अनुसन्धानका लागि आवश्यक सामग्री पनि समयमै जुट्नुप¥यो’, एसएसपी धीरजप्रताप सिंहले भने, ‘चमेलीलाई फिरौती माग्ने नम्बरको लोकेसन समयमै ट्र्याक भएको भए घटनाले अर्कै मोड लिन सक्थ्यो।’

घटनाबारे अनुसन्धान हुन्छ -गृहमन्त्री

काठमाडौं-गृहमन्त्री रामबहादुर थापाले निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यवस्थापिका संसदन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार गृहमन्त्री थापाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘सरकारको आधिकारिक धारणा बाहिर आइसकेको छ। तर पनि सांसद, नागरिक समाज, आम नागरिकको मागअनुसार घटनाबारे सरकारले विशेष छानबिन गर्छ’, उनले भने।
घटनाबारे कांग्रेस सांसद देवेन्द्रराज कँडेलले इन्काउन्टरको अवस्था सिर्जना हुनुको पर्याप्त कारण दिनुपर्ने माग गरे। ‘यस सम्बन्धमा प्रहरी महानिरीक्षकलगायत सम्बद्ध अधिकारीलाई समितिमा बोलाउनुपर्छ’, उनले भने। अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पनि निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीले पर्याप्त आधार र कारणसहित समितिलाई जनाकारी दिनुपर्ने माग गरे।

सार्वजनिक सुरक्षा ऐन पारित

राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संशोधनसहित संघीय संसद्मा पठाउने निर्णय गरेको छ। समितिको बैठकको सभापतित्व गरेका ज्येष्ठ सदस्य दिलेन्द्रप्रसाद बडूले संशोधनसहित विधेयकलाई संघीय संसद्मा पठाउन राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो।

विधेयकमाथि समितिका सदस्य सञ्जय गौतम र मीनाक्षी झाले मल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा ‘सम्भव भएसम्म’ भन्ने शब्द झिक्नुपर्ने भन्दै संशोधन राखेका थिए।

गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ

गृहमन्त्री रामबहादुर थापालाई प्रहरीले निशानको अपहरणपछिको हत्या र दुई अपहरणकारी भनिएकाको इन्काउन्टरबारे ब्रिफिङ गरेको छ। बिहीबार मन्त्री क्वार्टर पुल्चोकमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले घटनाबारे ब्रिफिङ गरेका हुन्।

सिंहले बाहिर सार्वजनिक भए जस्तो फेक इन्काउन्टर नभएको मन्त्री थापालाई जानकारी गराएका थिए। समयमै फोनको लोकेसन प्राप्त नहुँदा ११ वर्षीय बालक निशान खड्कालाई सकुशल उद्धार गर्न नसकिएको उनको भनाइ छ। ‘निशानको सकुशल रिहाइका लागि प्रहरीले धेरै मेहनत गर्दा पनि सम्भव भएन’, सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अपहरणकारीलाई घरबाट निकाली जंगलमा पु¥याएर हत्या गरेको भन्ने कुरामा कुनै सत्यता छैन, मुठभेडमै उनीहरू मारिएका हुन्।’

गृहमन्त्री थापाले प्रहरीले संवेदनशील घटनामा अनुसन्धान गर्दा विवेक प्रयोग गर्नुपर्ने र मानवीय संवेदनालाई पनि ख्याल गर्नुपर्नेबारे सुझाएका थिए। गृहसचिव प्रेमकुमार राईले समेत घटनाबारे जानकारी लिन एसएसपी सिंहलाई मन्त्रालयमा डाकेका थिए।

निशानको अन्त्येष्टि

अपहरणकारीबाट मारिएका ११ वर्षीय खड्काको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बाबु गणेश मलेसियाबाट फर्किएपछि निशानको अन्त्येष्टि गरिएको हो। भक्तपुर सोमबार नगदेशमा गाडीएको अवस्थामा फेला परेपछि पोस्टमार्टमका लागि उनको शव महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा राखिएको थियो। गणेशले आफू फर्किएपछि मात्रै गर्ने भनेपछि निशानको अन्त्येष्टि रोकिएको थियो। आर्यघाटमा पुगेका गणेश भावविह्वल बनेका थिए। निशानकी आमा चमेलीको अवस्था पनि उस्तै थियो।

सुवास गोतामे ,अन्नपुर्ण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्