सैघाली खबरको भिडियो युट्युव ट्रेन्डिङ



सैघाली खबरको भिडियो युट्युव ट्रेन्डिङको दुई नम्बरमा परेको छ । भक्तपुरमा भएको बालक अपहरण र हत्या पछि प्रहरीले गरेको ईन्काउन्टर संकास्पद रहेको स्थानियको अभिव्यक्ति सहितको स्थलगत भिडियो रिपोर्ट सैघाली खबरले बनाएको थियो ।
भिडियोमा प्रस्तोता सृजना शाह र क्यामरा पर्सन दिप गुरु सहितको टोलीले घटनास्थल र अपहरणकारीको डेरा लगायतको स्थानमा पुगी त्यहाँका स्थानियवासीहरु संग घटनाको वारेमा कुरा गरेका छन् ।

भिडीयोको सम्पादन रियान शाहले गरेका हुन।
युट्युवमा रहेको सैघाली अनलाईन टिभी च्यानलमा ”दुई अपहरणकारीको बस्ने ठाउँ छेउको मान्छे हरु के भन्छन” भन्ने शिर्षक राखेर भिडियो पोष्ट भएको छ । यो समाचार तयारपार्दासम्म दुईलाख ५७ हजार बढीले हेरिसकेका छन् ।

टेन्डिमा रहेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्